आमाको दाहसंस्कार छाडेर मतगणना

आमाको दाहसंस्कार छाडेर मतगणना

गोरखा : ‘म नौ बजे आउँछु भनेको थिएँ नि, आइहालें होइन त !' मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले मतपरिणाम सार्वजनिक गर्न माइक्रोफोनअघि कुर्चीमा बसेर फिस्स हाँदै पत्रकारसँग भने। सञ्चारकेन्द्रका पत्रकार मुखामुख गरेर मुस्कुराए। लगत्तै उनले मतपरिणाम सुनाए र बिदा भए।

जिल्ला न्यायाधीशसमेत रहेका पौडेलकी ९५ वर्षीया आमा हुमादेवीको बिहीबार दिउँसो चार बजे निधन भएको थियो। आमाको दाहसंस्कार छाडेर पनि उनी मतगणना कार्यक्रम सफल बनाउन निरन्तर लागिरहे।

बिहीबार दिउँसो ४ बजे मतगणनाका लागि सर्वदलीय बैठक बसिरहँदा उनको आमाको निधन भएको खबर आएको थियो। केहीबेर त उनी किंकर्तव्यविमूढ भएका थिए। मंसिर १० गते सम्पन्न निर्वाचनको मुखमै आएको मतगणना छाडेर बिदामा जानु पनि उनले उचित ठानेनन्। ‘मैले जुन काम जिम्मा लिएको थिएँ, त्यो चटक्कै छाडेर जानसक्ने अवस्था थिएन', उनले भने, ‘कान्छो छोरो भएकाले आमाको दाहसंस्कारमा जानु पनि उत्तिकै महत्वपूर्ण दायित्व थियो।'

‘मेरा लागि मतगणना गराउनु र अन्तिम अवस्थामा आमाको मुख हेर्नु दुवै उत्तिकै महत्वपूर्ण।'

तर, उनी मुटु दह्रो पारेर केही नभएजस्तो गरी काममा लागिरहे। निर्वाचन सम्पन्न गराउनु र आमाको अन्तिम अवस्थामा मुख हेर्नु आफ्ना लागि उत्तिकै अवस्था रहेको उनले बताए। ‘निर्वाचनको काम अघि बढाएर काजकिरियामा सहभागी भएँ', उनले भने।

संयमित भएर उनले निर्वाचन आयोगमा खबर गरे तर भनेकै बेला आयोगले अर्को कर्मचारी पठाउन सकेन। रातभरि आमा सम्झँदै उनले मतपत्र गन्ने काम जारी राखे। उनको विवशता बुझेर आयोगले नवलपरासीबाट न्यायाधीश रितेन्द्र थापालाई पठायो। त्यसपछि मात्रै पौडेल आमाको काजकिरियाका लागि पोखरा–लेखनाथ महानगरपालिका २५ स्थित घरतर्फ प्रस्थान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.