दीपक मनाङे : अपराध यात्रादेखि माननीयसम्म

दीपक मनाङे : अपराध यात्रादेखि माननीयसम्म

काठमाडौं : गुन्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब राजनीतिक चक्रतर्फ मोडिएको छ। प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अब माननीय बनेका छन्।

मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए। ०५०÷५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए।

धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन। राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे। ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने।

ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक-पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए। अकुत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए।

२० वर्षदेखि उनी राजधानीको गुन्डागर्दीमा संलग्न थिए। गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने। राजनीति गरे अपराध छिपाउन सकिन्छ र प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरेको बुझिन्छ।

०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए। जेल बसेर छुटेका उनी त्यसपछि ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परे। सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि पछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो।

उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन्। ०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे। तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा माननीय बनेका छन्।

स्थानीय तह चुनावमा समेत प्रहरीले मनाङेलाई पक्राउ गरेको थियो। नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘राजनीतिक संस्कार नै गलत भएपछि मनाङेले जित्नु नौलो होइन तर आपराधिक चरित्रका व्यक्ति उपल्लो तहमा आउँदा उसले दिने सेवामाथि प्रश्नचिह्न उठ्नु स्वाभाविक हो।' उनले मनाङेले जित्दा उनीमाथि मात्रै दोष थोपार्न नहुने बताए। ‘टिकट दिनेले दिए, उसले राजनीतिको भरपुर प्रयोग गर्‍यो र जित्यो। हिजो विमानस्थलभित्रै ठेक्का लगाएर सुन, डलर, लागुऔषध तस्करी गर्नेमाथि पनि प्रश्न उठ्नु जरुरी छ,' ठकुरीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.