गुल्मीमा वाम गठबन्धनको अग्रता

गुल्मीमा वाम गठबन्धनको अग्रता

गुल्मी : गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने चार वटा प्रदेशसभामा पनि गठबन्धननै अगाडि देखिएको छ ।

क्षेत्र नं १ मा एमालेका चर्चित नेता प्रदिप ज्ञवालीले १० हजार एक सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ८ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । यो मत कुल १८ हजार ६ सय ४७ मत गणना भइसक्दाको परिणाम हो ।

त्यस्तै क्षेत्र नं दुईमा पनि एमालेका युवा नेता गोकर्ण विष्टले झण्डै दोब्बर मतकासाथ अगाडी छन् । विष्टले ११ हजार ६ सय ९० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र केसीले ५ हजार ८ सय ३८ मत प्रात गरेका छन् । यो कुल १८ हजार ४ सय ३२ मत गणना भइसक्दाको परिणाम हो।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को क मा वाम गठबन्धनको तर्फबाट माओवादीका सुदर्शन बरालले ६ हजार ४ सय ८५ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका पृथ्वी फौदारले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । यो मत १२ हजार ७ सय २५ गणना भइसक्दाको हो । प्रदेश ख मा एमालेका कमलराज क्षेष्ठले ६ हजार ४ सय तीन मत प्राप्त गरेका छन् भने काग्रेसका धनेन्द्र कार्कीले ४ हजार ९ सय एक मत प्राप्त गरेका छन् छ ।

क्षेत्र नं २ को क मा एमालेका खड्ग बहादुर खत्रीले १० हजार ४ सय ६१ मतका साथ अगाडी छन् भने प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीको ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यो परिणाम १८ हजार ९ सय ८४ मत गणना भइसक्दाको हो ।

ख मा वाम गठबन्धनको तर्फबाट माओवादीका दिनेश पन्थीले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने काग्रेसका छन्द पहराई मगरले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । यो परिणाम १७ हजार २ सय ९० मत गणना भइसक्दाको हो । क्षेत्र नं १ मा कुल खसेको मत ७० हजार ६ सय ५० हो भने क्षेत्र नं दुईमा ५८ हजार ८९ मत खसेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.