रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

रुकुम : रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई १८ हजार ७ सय ४३ मत बढी ल्याउँदै विजयी भएका हुन् । वामगठबन्धनका शर्माले ३४ हजार ४ सय २ मत ल्याउँदा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ मत ल्याए ।

पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका शर्माले नेपाली कांग्रेसका शाहलाई दोस्रो पटक पराजित गरेका हुन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा साविकको सिंगो रुकुममा २ ओटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं। २ बाट शर्माले शाहलाई पराजित गरेका थिए ।

त्यसअघि भने २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शाहले शर्मालाई पराजित गरेका थिए । त्यतिबेला जनमोर्चाबाट चुनाव लडेका शर्मालाई नेपाली कांग्रेसबाट चुनाव लडेर शाह पराजित गरेका थिए

तत्कालिन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु गरेपछि भने रुकुममा माओवादीको प्रभाव राम्रो छ । २०६४ र ०७० मा भएको संविधानसभा सदस्य निर्वाचन तथा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी विजयी भएको थियो ।

रुकुम पश्चिममै प्रतिनिधि सभा सदस्यमा नेकपा मालेका उम्मेदवार कलवहादुर नाथले ७ सय ८३, नयाँ शक्तिका शरुण बाँठाले ६ सय २४, संघीय समाजवादी फोरम नेपालका जगत चन्दले २ सय ५६ र राष्ट्रिय जनमोर्चाका खड्कसिंह खड्काले १ सय ९१ मत प्राप्त गरे ।

प्रतिनिधिसभामा ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय ४५ मत सदर हुँदा ३ हजार ४ सय ७० मत बदर भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.