बैतडी अपडेट : दुबै प्रदेशमा वाम उम्मेदवार विजयी, प्रतिनिधिसभामा वामकै अग्रता

बैतडी अपडेट : दुबै प्रदेशमा वाम उम्मेदवार विजयी, प्रतिनिधिसभामा वामकै अग्रता

बैतडी : बैतडीमा प्रदेशसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार प्रदेशसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १८ हजार ९३ मत ल्याएर विजयी भएका हुन्।

भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरे। भट्टले भण्डारीलाई २ हजार ९६७ मतले पराजित गरेका हुन्। प्रदेशसभा क्षेत्र नम्बर १ मा कुल खसेको ३८ हजार १८ मत मध्ये ३ हजार १३६ मत बदर भएका छन्।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धनका उम्मेदवार लिलाधर भट्ट विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरे। भट्टले चन्दलाई ५ हजार ७१ मतले पराजित गरेका हुन्। प्रदेशसभा क्षेत्र नम्बर २ मा ३८ हजार १५५ मत खसेकोमा २ हजार ५९० मत बदर भएका थिए।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ। वाम गठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले पछ्याइरहेका छन्। ताजा परिणामअनुसार भण्डारीले ३४ हजार ५ मत पाएका छन् भने चन्दले २३ हजार ३२६ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.