मतान्तर बढाउँदै प्यूठानमा वामगठवन्धन

मतान्तर बढाउँदै प्यूठानमा वामगठवन्धन

प्यूठान :  प्यूठानमा शुरुवाती गणनादेखि वामगठवन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल अघि देखिएकी छन् । शुरुवाती मतगणनामा पौडेल र उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रा.डा.गोविन्दराज पोख्रेलबीच ५१ मतको अन्तर थियो । शनिवार बिहान ९ बजेसम्म मतान्तर बढेर २ हजार एक सय १५ पुगेको छ । मतान्तर अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा वामगठवन्धन र लोकतान्त्रिक गठवन्धनबीच प्रतिस्पर्धा भएको छ । प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रमा वामगठवन्धन अगाडि छ ।

प्रदेश १ का लागि वामगठवन्धनबाट एमालेका निवर्तमान अध्यक्ष हरी रिजाल र लोकतान्त्रिकबाट कांग्रेसका क्षेत्रीय सभापति टेक प्रसाद भण्डारी उम्मेदवार बनेका छन् । प्रदेश २ का लागि वागगठवन्धनबाट माओवादी केन्द्रका जिल्ला संयोजक कृष्णध्वज खड्का र लोकतान्त्रिकबाट नेपाली कांगेसका जिल्ला सभापति अमंरप्रसाद भण्डारी प्रतिस्पर्धामा छन् । जिल्लाभर एक लाख ३८ हजार ६ सय ४१ मतदाता रहेका छन् । यसमध्ये ६५ दशमलव ३१ प्रतिशत मत खसेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.