धादिङमा वाम गठबन्धनको जित, कांग्रेस शून्य

धादिङमा वाम  गठबन्धनको जित, कांग्रेस शून्य

धादिङ : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङका सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत वाम गठबन्धनका उम्मेदवार भूमि त्रिपाठीले नेपाली कांग्रेसका उम्मेदवार विश्व अर्याललाई २७ हजार १ सय ५३ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन्। त्रिपाठीले ४९ हजार १ सय २१ मत पाए भने अर्यालले २१ हजार ९ सय ६८ मत पाएका छन्।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धन अन्तर्गत नेकपा एमालेकै उम्मेदवार खेम लोहनी विजयी भएका छन्। निकै कडा प्रतिस्पर्धा भएको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक नेपाली कांग्रेसका उम्मेदवार वर्तमान कानुन राज्यमन्त्री दिलमान पाख्रिनलाई जम्मा ६ सय ३९ मतले हराउँदै लोहनी विजयी भएका हुन्। लोहनीले ३६ हजार २ सय ५३ मत पाए भने पाख्रिनले ३५ हजार ६ सय १४ मत पाए।

क्षेत्र नमब्र १ अन्तर्गत प्रदेशसभा १ मा एमाले उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन्। कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन्। ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको दावेदार रहेका पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याएका थिए भने श्रेष्ठले १३ हजार ६ सय ३५ मत पाएका छन्।

प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिग्राम जम्कटेल विजयी भएका छन्। कांग्रेसका प्रभात किरण सुवेदीलाई १२ हजार ९ सय ७५ मतले पराजित गर्दै जम्कटेल विजयी भएका हुन्। जम्कटेलले २३ हजार ३ सय ८२ मत पाए भने सुवेदीले १० हजार ४ सय ७ मत पाएका छन्।

क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा वाम गठबन्धनका डा. रामुकमार अधिकारीले आफ्ना प्रतिस्पर्धी रमेश धमलालाई १३ सय ४८ मतले हराउँदै विजयी बने। निकै प्रतिस्पर्धा देखिएको यो क्षेत्रमा अधिकारीले २० हजार ३ सय ६३ मत पाए भने धमलाले १९ हजार १५ मत पाए।

प्रदेश सभा २ मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका छन्। वाम गठबन्धनको समर्थनमा जगतले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धन अन्तर्गत राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन्। तामाङको भन्दा सिंखडाले १८ सय ३१ मत बढी ल्याएका छन भने उनको क्षेत्रमा २२ सय २८ मत बदर भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.