स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित

स्याङ्जामा निषेधित क्षेत्र घोषणा, मतगणना अनिश्चित

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालय भवन आसपासको तीन किलोमिटर क्षेत्रलाई शुक्रबार साँझदेखि निषेधित क्षेत्र घोषणा गरेको छ। दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण तरिकाले बिहीबार सम्पन्न भए पनि स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन। शुक्रबार सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिएता पनि दलहरूबीच सहमति हुन नसकेपछि मतगणना हुन नसकेको हो।

लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरूले बल प्रयोग गरी मतदातालाई मतदान गर्न नदिई आफूखुशी मतदान केन्द्र नै कब्जा गरेको आरोपमा दुवै पक्षले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्। तर, रीतपूर्वक सिलबन्दी भएका मतपेटिकाहरू निर्वाचन अधिकृतको कार्यालयमा दाखिला भएको र मतदान अधिकृतले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएका छन्।

तर, वाम गठबन्धनका तर्फबाट क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्याल र लोकतान्त्रिक गठबन्धनका तर्फबाट समानुपातिक उम्मेदवार माया राना मगरलाई राममन्दिर मावि दार्सिङ र जनहित मावि चण्डीभञ्ज्याङ मतदान केन्द्रमा दलका कार्यकर्ताले दुर्व्यवहार गरी मतदातालाई मतदान कार्यमा अवरोध पुर्‍याएको आरोप लगाउँदै ती मतदान केन्द्रमा पुनः मतदानको माग गरेका छन्। क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि वाम गठबन्धनका कार्यकर्ताहरूबाट हातपात भएपछि प्रहरीले उनलाई छेकेर जोगाएको थियो।  

यसैगरी जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्नामा बसेका एमालेका नेता कृष्ण खाँण प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्। कार्यालयको प्रवेशद्वारमा रहेका वाम गठबन्धनका कार्यकर्ताले प्रहरी उपरीक्षक प्रकाश विष्टलाई दुर्व्यवहार गरेपछि प्रहरीले कार्यकर्तामाथि लाठीचार्ज गर्दा खाँणको टाउकोमा चोट लागेको हो।

निर्वाचनका क्रममा कांग्रेसले पाँच र वाम गठबन्धनले चार वटा मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेका कारण शुक्रबार बस्ने भनिएको सर्वदलीय बैठक बस्न नसकेपछि मतगणना कार्य रोकिएको हो।

स्याङ्जाका पाँच वटा मतदान केन्द्र (कालीगण्डकी गाउँपालिका १ जनहित मावि चण्डीभञ्ज्याङ, धुरडाँडा प्रावि, कालीगण्डकी ३ स्थित अमरदीप प्रावि, गल्याङ नगरपालिकास्थित सत्यशिवालय प्रावि, गल्याङ ७ पेलाकोटस्थित राष्ट्रिय माविमा रहेका मतदानकेन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ।

यसैगरी, चापाकोट नगरपालिका ५ दीनदयालु प्रावि र जनसक्रिय प्रावि, चापाकोट ३ स्थित डिसिङकोट आधारभूत मावि चापाकोट ४ स्थित राममन्दिर माविलगायत चार वटा मतदानकेन्द्रमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै क्षेत्र २ को निर्वाचन कार्यालयमा एमालेले उजुरी गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.