काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको मतगणना तेस्रो पटक रोकिएको छ। शुक्रबार दिउँसो २ बजे स्थगित भएको मतगणना राति ८ बजे सुरु हुनासाथ रोकिएको थियो भने शनिबार बिहान ९ बजे सुरु भएको एक घण्टा नबित्दै पुनः स्थगित भएको हो।

१२८२ मत गनेपछि साढे १० बजे चारवटा बुथमा पाँचवटा फरक हस्ताक्षर देखिएपछि मतगणना पुनः स्थगित भएको हो। नेपाली कांग्रेसका प्रतिनिधि अशोक न्यौपानेका अनुसार गुठीघर सत्तल क र युनिभर्सल स्कुल ख, सरस्वती मावि ख, स्काईलार्क क को मत गणना भइरहेको थियो। हस्ताक्षर नमिलेको भन्दै विवाद गरेपछि नेपाली कांग्रेसका प्रतिनिधि उत्तर पाठकलाई मतगणना स्थलबाट बाहिर निकालिएको छ। उनले सुरक्षाकर्मी लगाएर अलोकतान्त्रिक शैलीमा आफूलाई मतगणना स्थलबाट बाहिर निकालेको जानकारी दिए।

मतगणना स्थलमा रहेका स्वतन्त्रका उम्मेदवार एक प्रतिनिधिले भने पाठकले निर्वाचन अधिकृतसँग आक्रामक शैलीमा अभद्र व्यवहार देखाएकाले निष्कासन गरिएको जानकारी दिए। गएराति ८ बजे पुनः गणना गर्न खोज्दा पनि मुचुल्का भन्दा तीन भोट बढी मत देखिएपछि मतगणना हुन सकेको थिएन। शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको मतगणना मध्याह्न २ बजेतिर मुचुल्क गर्दाको भन्दा १२ मत बढी देखिएपछि स्थगित भएको थियो। यसअघि ९ मत कम हुँदाको विवाद भने आपसमा छलफल गरी गणना नरोक्ने सहमति भएको थियो।

हालसम्मको गणनाअनुसार, काठमाडौं क्षेत्र ५ मा वामगठबन्धनबाट एमालेका ईश्वर पोखरेलले ४ हजार ९० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतले दुई हजर दुई सय ६१ मत ल्याएका छन्। विवेकशील साझा पार्टीका उज्जव थापाको ८ सय ९ मत आएको छ। क्षेत्र नम्बर ५ मा ३५ मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.