रूखका टीकाहरू–सूर्यका टीकाहरू

रूखका टीकाहरू–सूर्यका टीकाहरू

यो २०५१ सालको प्रतिनिधिसभा निर्वाचनको स्मृति हो।

अघिल्लो साँझ नरेको घरमा मान्छेहरूको बाक्लो चहलपहल थियो। अबेरसम्म धेरै मान्छेका चर्को हाँसो हाम्रो भान्सासम्मै आइपुगेको थियो। उनीहरूको हाँसो मिश्रित गफ प्रस्ट बुझ्न भने सकिएन। बिहान सबेरै नरे हाम्रो घरको पश्चिमपट्टिको खोपीछेउ आएर मलाई चियायो। ऊ यसैगरी यसअघि पनि खोपीछेउ लुकेर मलाई बोलाउँथ्यो। म लुकेरै नरेलाई भेट्न गएँ।

Raman-Paudelघरनजिकै चौतारो थियो। चौतारोमा हाम्रो भेट भयो। चौतारो हामी दुवैको खेल्ने ‘जक्सन’ थियो। हामीले बाल्यकालमा सबैभन्दा धेरै खेल–समय बिताएको ठाउँ नै चौतारो हो, जहाँ हामी भातकुँडी खेल्थ्यौँ। बाघचाल खेल्थ्यौँ। कमिला जुधाउँथ्यौँ। नरे मलाई असाध्यै माया गथ्र्यो। उसको खास नाम नरेश हो। म उसलाई नरे भनी बोलाउथेँ। घरमा पाकेको मिठो खानेकुरा, बजारबाट ल्याइएका मिठाई, बिस्कुटहरू मलाई चौतारोमा भेटेर खान दिन्थ्यो। म पनि त्यसै गर्थेँ।

यसपटक चौतारोमा भेट्दा नरेको अनौठो अनुहार देखेँ। उसले निधारमा र दुवैपट्टि गालामा रुख चिन्ह अंकित टीका टाँसेको थियो। खुसी मुद्रामा उसले मलाई ग्लुकोज बिस्कुट पनि खान दियो। म उसले अनुहारभरि लगाएको नयाँ गोलाकार टीका (स्टिकर) देखेर दंग परेँ।

‘नरे कस्तो टीको हो यो ? ,’ म उत्सुक भएर सोधेँ। नरेले मक्ख हुँदै खल्तीबाट मुठ्ठीभरि टीका झिक्यो। उसले देखाएको नयाँ किसिमका टीका देखेर मलाई पनि लगाउने रहर थियो। मैले माग्न नपाउँदै उसले मेरो निधारमा र गालामा एक–एकवटा टीका टाँसिदियो। मलाई बिस्कुटभन्दा पनि उसले दिएका टीका प्रिय लागेका थियो। मैले दुवै गाला र निधारमा धेरैबेर हत्केलाले सुमसुम्याइरहेँ।

बिस्कुट खाइसकेर हामी आ–आफ्नो घरतिर लाग्यौँ। नरे हाम्रो घरको पछिल्तिरको बाटो भएर लुकेर आफ्नो घर गयो। नरे र उसका भाइहरू हाम्रो घरको बाटो हिँड्दैनथे। उसका बा–आमा त हाम्रो घरको आँगनको बाटो हिँड्न छोडेको महिनौं भइसकेको थियो। खासमा हाम्रो घर र नरेको घरबीच बोलचाल नै थिएन। यद्यपि नरे र नरेका भाइहरू मसँग बोल्थे। हामी लुकेरै भेट्थ्यौँ र खेल्थ्यौँ। तर, यस्तो कुरा हामी दुवैको घरमा थाहा थिएन।

त्यस बिहान चौतारोमा नरेलाई भेटेपछि म आफ्नो निधार र दुवै गालामा रुख अंकित टीका टाँसेर खुसी हुँदै घर गएँ। अनुहारको नयाँ टीका घरमा गएर दाइ र दिदीलाई देखाउन आतुर थिएँ। तगारोबाट छिर्नै लाग्दा बुवा स्कुल पढाउन निस्किने बेला भइसकेको रहेछ। बुवाको रिसाहा अनुहार मेरो गाला र निधारमा धेरैबेर अडिए। म बुवासँग त्यसै पनि डराउथेँ। बुवाको डरलाग्दा आँखा देखेपछि मेरो अनुहार भुइँमा झुकिहाल्यो। म बुवाको अगाडि यसपटक पनि चिलको छायामा परेको सर्पजस्तै भएँ। बुवाले मेरो अनुहारका तीनवटै टीका एकैपटक उक्काइदिनुभयो र कपाल समातेर गालामा बेस्सरी थप्पड हिर्काउनुभयो। दाइ र दिदीलाई टीका देखाउँदै खुसी हुने मेरो धोको तगारोमा बुवा भेटिएपछि नष्ट भयो।

बुवा मलाई पिटीवरि स्कुल गइसक्नुभएको थियो, पढाउन। बुवाको पिटाइपछि दाइ–दिदी र ममीसँग राम्ररी गफिन सकिरहेको थिइनँ। पिँडीमै बसिरहँदा दाइले मलाई घरको छेउमा बोलायो र नरेको घरमा गाडिएको झन्डा ईष्यापूर्वक देखायो। उसको घरको पश्चिमपट्टिको पुतली गारोमाथि, छानोमा र पालीमा समेत गरी चार÷पाँचवटा झन्डा गाडिएका थिए। झन्डाले नरेको पुरानो घरलाई आकर्षक बनाएको थियो।
नरेको घरमा गाडिएका झन्डाले मलाई लोभ्यायो। ‘हाम्रो घरमा पनि त्यस्तै झन्डा गाड्न पाए सुन्दर देखिने थिया,े’ दाईलाई सुनाएँ। दाईले हाम्रो घरमा त्यस्तो झन्डा गाड्न नहुने जवाफ दियो। मैले ‘किन नहुने ? ’ भन्दै सोधेँ।

‘हामी कम्निस्ट हो नि त !’ दाइले भन्यो।

दाइको जवाफ झनै अनौठो लाग्यो। म अल्मलिएँ। बिहान रुख अंकित टीका लगाउँदा बुवाको पिटाइ खाइसकेको थिएँ। रुखको झन्डा गाड्न नहुने दाइको जवाफ सुनेपछि ‘रुख हाम्रो होइन’ भन्नेमा ढुक्क भएँ। तैपनि ‘किन त्यस्तो नहुने ? ’ भन्दै दाइसँग सवालजवाफ गरिरहेँ। यद्यपि चित्तबुझ्दो जवाफ पाएको थिइनँ। ‘रुखवाला पार्टीले दुःख गर्ने मजदुरलाई मार्ने’ तर्क दाइको थियो। ‘रुख पार्टीका मान्छेले गरिबलाई खानै नदिएर भोकै मार्ने भएकाले रुख गलत’ भएको दाइले सुनायो।

नरेले त चौतारोमा मलाई टीका लगाइदिँदा अर्कै कुरा सुनाएको थियो। ‘कम्निस्टले मान्छेको मासु खान्छन्। उनीहरू जंगलमा हिँड्छन् र धन सम्पत्ति लुट्छन्’ भनेको थियो उसले। नरे र दाइका भिन्न कुराले म झनै अल्मलिएँ।

ब्रेकर त्यस बिहान चौतारोमा नरेलाई भेटेपछि म आफ्नो निधार र दुवै गालामा रुख अंकित टीका टाँसेर खुसी हुँदै घर गएँ। अनुहारको नयाँ टीका घरमा गएर दाइ र दिदीलाई देखाउन आतुर थिएँ।

नरेको घरमा हरिया झन्डा गाडिएपछि नै हाम्रो घरमा एक किसिमको शान्ति छाएको थियो। अर्थात् बुवा, ममी, दिदी र दाइ मौन थिए। मैले केही अनुमान लगाउनै सकिरहेको थिइनँ। यस्तो अवस्थाले मलाई के भान भइसकेको थियो भने, ‘नरेको घर र हाम्रो घरबीच पक्कै झगडा हुनेवाला छ।’
दुई घरबीच केही गडबड हुँदैछ भन्ने त सोचेकै थिएँ।

तर, म त्यस्तो नहोस् भन्ने चाहन्थेँ। आखिर नरेको पनि त माया लाग्थ्यो मलाई। ऊ उमेरले मभन्दा जेठो भए पनि साथीजस्तै थियौं। मलाई धेरै कुरा सिकाउँथ्यो पनि उसले। हाम्रा घरका मान्छेबीच सम्बन्ध नराम्रो भए पनि नरे र मबीच सुमधुर थियो। त्यसो त ‘रुखको झन्डा’बाहेक हाम्रा अरू धेरै कुरा मिल्थे। हाम्रा दुई घरको कुलपूजा सँगै हुन्थ्यो। नरेहरूलाई जुठो लाग्दा हामीलाई पनि लाग्थ्यो। यस्ता थुप्रै कुरा सँगै गर्नुपथ्र्यो। नातामा हामी एकै परिवारका सन्तान थियौं। अर्थात् हाम्रा हजुरबाहरू दाजुभाइ थिए।

स्कुल जानुअघि नै नरेका दुई भाइ र नरे हाम्रो आँगनको बाटो भएर घरछेउको चौतारोमा पुगे। एक्कासि चौतारोबाट चर्को स्वरमा उनीहरू चिच्याउन थाले। तीन भाइ एउटै स्वरमा चिच्याएका थिए, ‘भोट के मा ? रुखमा !...जय नेपालको नाराले सुख पाए साराले।’यस्तै–यस्तै भनेर चौतारोमा बसेर धेरैबेरसम्म चिच्याइरहे उनीहरू। उनीहरूसँगै मलाई पनि चौतारोमा जाने मन थियो। तर, घरबाट अनुमति भएन। यसले हाम्रो घरमा झनै सन्नाटा छायो। ममी मुर्मुरिएर केही बोल्न सकिरहनुभएको थिएन। दाइ र दिदी चर्को स्वरमा पढेर बसे। केही बेरमै नरे र उसका भाइहरू हाम्रो घरको आँगनको बाटो खुट्टा बजार्दै दौडिँदै घर फर्किए। उनीहरूको अनुहारमा टीका थियो। हातमा झन्डा पनि बोकेका थिए। यसअघि हाम्रो घरको अगाडिबाट कहिल्यै नहिँडेका नरेहरू आज भने आँगनमा झन्डा बोकेरै दौडिए।

नरेको घरमा त्यस साँझ मान्छेहरूको हल्ला थियो। घरभरि झन्डा थियो। नारा घन्काउन थालेपछि मैले ‘चुनाव हुँदैछ’ भन्ने थाहा पाएको थिएँ। दुःखको कुरा के थियो भने, चुनावको हल्लाखल्ला नरेको घरमा चर्को हुन्थ्यो। हाम्रो घर शान्त हुन्थ्यो। किनकि, सिंगो गाउँमा ‘रुख पार्टीका मान्छेहरू’ धेरै थिए। यसैबेला मान्छेहरू झन्डा बोकेर नरेको घरमा आउजाउ गरिरहन्थे भने हाम्रो घरमा झन्डा बोकेर आउने कोही पनि थिएन।

शनिबार बिहान मान्छेहरूको भीडले हाम्रो आँगन राताम्य भयो। अलि परको गाउँबाट आएका मान्छेहरूले रातो झन्डा हातहातमा बोकेका थिए। सूर्य अंकित झन्डा उनीहरूले हाम्रो घरको पूर्वपट्टिको छानोमा गाडिदिए। छानो, पाली र पुतली गारोमा एकएकवटा झन्डा गाडिदिए। आफ्नै घरमा यस्तो देखेपछि म जरुर उत्साही थिएँ। नरेलाई यो सबै देखाउने मन थियो मलाई पनि। म हतार गर्दै टीका खोज्न थालेँ। एकजनाले मलाई सूर्यको चिन्ह भएको टीका मुठ्ठीभरि दिए। बुवाको अनुहारतिर नहेरी निर्धक्कसँग निधार र गालामा रातो ‘सूर्यवाला टीका’ लगाएँ र भित्र गएर धेरैबेरसम्म ऐना हेरेँ।

यस्तो टीका नरेले पक्कै देखेको छैन भन्नेमा म ढुक्क थिएँ। मैले पनि उसलाई सुटुक्क चौतारोमा बोलाएँ। तर, ऊ आएन। उसको घरमै पुगेँ। नरेको घरमा उसका बा–आमा र दिदीहरू पनि थिए। मलाई देखेर उनीहरूले मुखामुख गरे। यसपटक म पनि नरेलाई टीका दिन चाहन्थेँ, जस्तो कि उसले मलाई चौतारोमा दिएको थियो।तर नरेकी आमाले त्यस्तो टीकाले ‘अशुभ’ हुने भन्दै मलाई उक्काउन लगाइन्। म तयार थिइनँ। मलाई पिँडीमा तान्दै उनले भनिन्, ‘घामले त पोल्छ। लगाउनु हुँदैन। रुख पो शीतल हुन्छ त !’ उसका घरका सबैले एकै स्वरमा यस्तो टीका लगाउन नहुने भन्दै टीका उक्काइदिए। मैले रोक्न खोजे पनि सकिनँ। तैपनि मेरो खल्तीभरि थिए, सूर्यका टीकाहरू। घर फर्केर अरू टीका झिकेर टाँस्न थालेँ।

हाम्रो घरमा भेला भएका मान्छेहरू खासमा त्यस दिन गाउँनजिकै सोतीपसल बजारमा ठूलो चुनावी कार्यक्रमका लागि टाढाबाट आएका थिए। किनकि, गाउँका अधिकांश मान्छे ‘रुख पार्टीवाला’ नै थिए। कार्यक्रममा ‘जनवादी’ गीत गाउने र नाच्ने भनेर दाइले मलाई सुनाएको थियो। नरेकी आमाले मेरो टीका खोसिदिए पनि त्यस कार्यक्रममा चाहिँ नरे पनि मसँगै जाओस् भन्ने चाहना थियो मेरो। उसलाई सोतीपसलको कार्यक्रममा जान सोधेँ। तर, ऊ तयार भएन। आखिर नरे पनि हाम्रो घरको राताम्य रौनक देखेर त्यहीँ मिसिएर सोतीपसल जान चाहन्थ्यो। तर, मलाई सुटुक्क बोलाएर भन्यो, ‘मलाई पनि जान मन थियो, के गर्नु घरबाट जान दिँदैनन्।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.