वामगठबन्धनका बसन्त नेम्बाङ विजयी

वामगठबन्धनका बसन्त नेम्बाङ विजयी

फिदिमः पाँचथरमा बाम गठबन्धन बसन्त नेम्बाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १० हजार छ सय १६ मतले पछि पार्दै नेम्बाङ बिजयी भएका हुन्।

७७ हजार नौ सय १३ मतमध्ये नेम्बाङले ३८ हजार छ सय ४१ मत पाए भने आङ्देम्बेले २८ हजार २५ मत पाएका हुन्। बिहीबार साँझदेखि सुरु गरिएको मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता लिएका नेम्बाङ गणनाको अन्तिम समयमा फराकिलो मत अन्तरले विजयी बनेका हुन्।

मुख्य निर्वाचन अधिकृत मनोज केसीले नेम्बाङलाई विजयी घोषणा गरेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले फिदिम बजारमा विजय र्‍याली निकालेका छन्। विजयी घोषणापछि पत्रकारहरुसँग संक्षित प्रतिक्रिया दिँदै नेम्बाङले जिल्लालाई आर्थिक सम्पन्नताका लागि काम गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.