तनहुँमा रामचन्द्र पौडेल तीन हजार मतले पछाडि : पछिल्लो मत परिणाम

तनहुँमा रामचन्द्र पौडेल तीन हजार मतले पछाडि : पछिल्लो मत परिणाम

दमौली : तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका किसान श्रेष्ठ भन्दा तीन हजार बढी मतले पछाडि परेका छन् ।

६७ हजार ७ सय ९९ मध्ये ३१ हजार ७७ मत गणना हुँदा पौडेल ३ हजार १ सय ६० मतले पछि परेका हुन् । पौडेलले १२ हजार ६ सय ६४ मत पाउँदा उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन् । काङ्ग्रेसको प्रभाव क्षेत्रको समेत मतगणना भएकाले आम मतदातामा यसले अनौठो नतिजा दिएको छ ।

मतगणनाको सुरुदेखि नै एमालेका तर्फबाट वाम गठबन्धन उम्मेदवार श्रेष्ठले अग्रता लिइरहेका छन् । काङ्ग्रेसको प्रभावक्षेत्र व्यास नपासँगै वाम र कांग्रेसको बराबरी रहेको देवघाट, बन्दीपुर र भानुको मत पालैपालो गणना भइराखेको छ ।

क्षेत्र १ अन्तर्गतको प्रदेश सभामा पनि वाम उम्मेदवारको अग्रता छ । प्रदेस १ (क) मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई एमालेका रामबहादुर गुरुङभन्दा केही मतले पछाडि छन् ।

उता क्षेत्र २ मा काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी एमालेका प्रतिनिधिसभा उम्मेदवार केदार सिग्देलसँग पछाडि छन् ।

प्रदेस २ (ख) मा भने कांग्रेस उम्मेदवार ध्रुव वाग्लेले एमाले प्रदेस इन्चार्ज किरण गुरुङमाथि केही सय मतले अग्रता लिएरहेका छन् । प्रदेस २ (क) मा भने माओवादी नेतृ आशा कोइराला र कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा छ । ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.