फुटबल फिभर !

फुटबल फिभर !

कलाकौशलको जादुले वास्तवमै सुन्दर बनाएको छ फुटबल खेललाई । तर, फुटबलमा उत्तेजना हुन्छ, आवेग पनि हुन्छ । उत्तेजना र आवेगले कहिलेकाहीँ फुटबललाई सुन्दर बन्न दिँदैन । फेरि पनि फुटबल सुन्दर कहलिएकै छ ।

खेलको दौरान सञ्चार हुने रोमाञ्चकता फुटबलको सुन्दर पक्षको महŒवपूर्ण हिस्सा हो । फुटबल पारखीहरू अहिले त्यही रोमाञ्चकताको पर्खाइमा छन्, जुन आगामी जुन १४ सम्म जारी रहनेछ । जुनको दोस्रो साताबाट रुसमा फिफा विश्वकपको २१औं संस्करण सुरु हँदा फुटबलका यी ‘क्रेजी फ्यान’हरूको आँखा टेलिभिजन सेटबाट सायदै अन्त मोडिनेछन् । केही त मैदानमै पनि पुग्नेछन् ।

फुटबल फ्यानका लागि विश्वकप वास्तवमै कलाको जादु र सफलताको उच्चतम रोमाञ्चकताको महसुस गर्ने क्षण हो । विश्वकपमा कुनै दुई देशका दुई टोलीमात्रै प्रतिस्पर्धा गर्दैनन् । मैदानबाहिर उनीहरूका समर्थक पनि पक्ष र विपक्षमा उत्तिकै कडा प्रतिस्पर्धामा हुन्छन् । खेलेर आफ्नो देशलाई विश्वकप दिलाउने सपना हुन्छ, खेलाडीको । मन परेका खेलाडी र टोलीले विश्वकप ट्रफी उचालेको हेर्ने सपना फ्यानहरूको हुन्छ । सबैका यी सपना एउटा विश्वकपले पूरा गर्न सक्नेछैन । यद्यपि त्यस्ता कुनै पनि विश्वकपलाई रोमाञ्चकताको उचाइले जितेकै हुन्छ ।


खेलको दौरान सञ्चार हुने रोमाञ्चकता फुटबलको सुन्दर पक्षको महŒवपूर्ण हिस्सा हो । फुटबल पारखीहरू अहिले त्यही रोमाञ्चकताको पर्खाइमा छन्, जुन आगामी जुन १४ सम्म जारी रहनेछ ।

अन्तिम चरणको छनोट खेल र यसै साता भएको ‘टाइसिट ड्र’ले आसन्न रुस विश्वकपको माहोल र रोमाञ्चकता बढ्दो ग्राफमा छ । प्रतियोगिता सुरु हुन झन्डै ६ महिनाअघि नै भएको समूह विभाजनले समर्थकलाई फुटबल पण्डित बन्ने अवसर पनि दिएको छ, जसले चोक र चिया पसलदेखि सामाजिक सञ्जालमा आफ्नो त्यो क्षमता प्रस्तुत गरिरहेका छन् ।
रुस विश्वकपको दौरान यसपटक धेरै नयाँ कुरा भए । सहभागी टोलीबीच निकै उतारचढाव देखियो । जनसंख्या र भूभागको दृष्टिबाट सबैभन्दा सानो देशको रूपमा यसपटक आइसल्यान्डले विश्वकप खेल्दैछ ।

त्यसको ठीक विपरीत चारपटकको विजेता टोली इटाली छनोट हुन असफल देखियो । समूह चरणको छनोटमार्फत सीधै छनोट हुन असफल भएपछि प्ले अफमा धकेलिएको इटालीले त्यसलाई पनि सदुपयोग गर्न सकेन । स्विडेनसँग पराजित भएपछि इटालीको रुस यात्रा रोकियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा तेस्रो भएको नेदरल्यान्ड्सले पनि रुस यात्रा तय गर्न सकेन । नेदरल्यान्ड्सले प्ले अफको अवसरसमेत पाएन । दक्षिण अमेरिकी च्याम्पियन टोली चिली पनि छनोटमै असफल बन्यो । लियोनल मेसीको टोली अर्जेन्टिना निकै मुस्किल अवस्थामा पुगेर अन्तिम खेलमा जित हात पार्दै छनोट पक्का गर्न सफल भयो ।
केही सशक्त टोलीको अनुपस्थितिसँगै यसपटक रुस विश्वकपमा दर्शकले केही स्टार खेलाडीलाई पनि देख्न पाउनेछैनन् । यी टोली र खेलाडीबिनाको रुस विश्वकपको प्रतिस्पर्धा कस्तो होला भन्ने कौतूहल फुटबल समर्थकहरूमा छ ।

साथै पहिलोपटक छनोट हुन सफल भएको आइसल्यान्डको प्रदर्शनसँगै पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनी लियोनल मेसी, ब्राजिलियन नेमार लगायतले आफ्नो टोलीलाई विश्वकप उपाधि दिलाउने अभियानमा कस्तो योगदान पु¥याउलान् भन्ने जिज्ञासा पनि थपिएको छ । यद्यपि त्यो जिज्ञासा मेटाउन भने आगामी जुन १४ सम्म कुर्नै पर्नेछ ।

समूह विभाजन


समूह ‘ए’

रुस
साउदी अरेबिया
इजिप्ट
उरुग्वे

यस समूहमा रहेका टोलीमध्ये आयोजक रुस फिफा वरीयताको शीर्ष स्थानको टोली हो । जुन १४ मा साउदी अरेबियाले आयोजक रुसविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यससँगै साउदी अरेबिया विश्वकपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने पहिलो एसियन टोली पनि बन्नेछ ।

समूह ‘बी’

पोर्चुगल
स्पेन
मोरक्को
इरान

अन्य टोलीको तुलनामा समूह ‘बी’ केही प्रतिस्पर्धी टोली रहेको समूह हो । युरोपको च्याम्पियन टोली पोर्चुगल यस समूहमा रहेकामध्ये फिफा वरीयताको सबैभन्दा माथिको स्थानमा रहेको टोली हो । त्यससँगै सन् २००८ र २०१२ को युरोकप तथा सन् २०१० विश्वकपको उपाधिविजेता स्पेन पनि यसै समूहमा रहेको छ । पोर्चुगललाई सन् २०१० को विश्वकपमा प्रशिक्षण दिएका प्रशिक्षक कार्लाेस क्वाइरोजले यसपटक इरानको नेतृत्व गर्दैछन् ।

समूह ‘सी’

फ्रान्स
अस्टे«लिया
पेरु
डेनमार्क

फ्रान्सले विश्वकपको समूह चरणमा आफ्नै महादेशको टोली डेनमार्कसँग सन् १९९८ पछि तेस्रोपटक प्रतिस्पर्धा गर्दैछ । यसअघि सन् १९९८ मा भएको प्रतिस्पर्धामा फ्रान्स २–१ ले विजयी बनेको थियो भने सन् २००२ मा भएको प्रतिस्पर्धामा डेनमार्क २–० ले विजयी बनेको थियो ।

समूह ‘डी’


अर्जेन्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया


सन् १९८६ मा विश्वकप उपाधि जित्दा अर्जेन्टिना समूहमा रहेका टोलीमध्ये सबैभन्दा तलको वरीयताको टोली थियो । त्यसबाहेक यो समूहसँग अर्काे विशेषता पनि जोडिएको छ । सन् १९८६ पछिको प्रत्येक विश्वकपमा कम्तीमा एक नयाँ युरोपेली टोलीले छनोट चरण पार गरेका छन् । यसपटक आइसल्यान्ड विश्वकपको नवप्रवेशी टोली हो ।

समूह ‘ई’

ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्भिया

कोस्टारिकाका हालका प्रशिक्षक ओस्कार रामिरेजले सन् १९९० को विश्वकपमा खेलाडीका रूपमा ब्राजिलविरुद्ध प्रतिस्पर्धा गरेका थिए । त्यसको २८ वर्षपछि उनी प्रशिक्षकका रूपमा ब्राजिलविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘एफ’


जर्मनी
मेक्सिको
स्विडेन
कोरिया रिपब्लिक

समूह ‘एफ’ यस्तो समूह परेको छ, जुन समूहका प्रत्येक राष्ट्रले कम्तीमा एकपटक विश्वकप आयोजना गरिसकेका छन् । जर्मनीले सन् १९७४ र २००६, मेक्सिकोले सन् १९७० र १९८६, स्विडेनले १९५८ तथा कोरियाले सन् २००२ मा विश्वकप आयोजना गरेका थिए ।

समूह ‘जी’


बेल्जियम
पानामा
ट्युनिसिया
इङ्ल्यान्ड
बेल्जियम, ट्युनिसिया र इङ्ल्यान्ड छनोट प्रतियोगितामा अपराजित रहँदै रुस पुग्ने टोली हुन् । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ट्युनिसियाविरुद्ध खेलेका थिए । यसपटक उनी प्रशिक्षकका रूपमा ट्युनिसियाविरुद्ध उत्रनेछन् ।

समूह ‘एच’


पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापान

रुस विश्वकपको समूह ‘एच’ मात्रै यस्तो समूह हो, जसमा पूर्व च्याम्पियन टोली परेका छैनन् । अन्य समूहभन्दा फरक यो समूहका चारै टोलीले विभिन्न चार महादेशको प्रतिनिधित्व गर्छन् ।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.