मोरङ ४ मा अमनलाल मोदीले महेश आचार्यलाई हराए
विराटनगर : कमजोर उम्मेदवार मानिएका वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले पटक–पटक मन्त्री बनिसकेका कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गरेका छन्।
मोरङ ४ का उम्मेदवार मोदीले ३३ हजार ५ सय २९ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले २६ हजार ८ सय मत मात्र पाए।
कमजोरी पारिवारिक पृष्ठभूमिका उनी माओवादीको शसस्त्र द्वन्द्वबाट उदाएका नेता हुन्।
मोदी ७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फ सँविधानसभा सदस्यमा छानिएका थिए। सांसद भए पनि मोदी जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा चिनिन्छन्।