गुल्मीमा एमालेका खड्ग केसी विजयी

गुल्मीमा एमालेका खड्ग केसी विजयी

गुल्मी :  निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यका वामगठबन्धका उम्मेदवार एमालेका खड्गबहादुर खत्री विजयी भएका छन्। खत्रीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीले ११६७३ मत लिएर पराजित भएका छन्। खत्रीले १६१६५ मत लिएर विजयी भएका हुन्।

आमा विष्णु खत्री र बुवा गोविन्द बहादुर खत्रीको काँखबाट २०१४ असार ३ गते मुसिकोट नगरपालिकाको वामी मैदानमा जन्मिएका खत्री २०२८ सालदेखि राजनितिमा सक्रिय भएका थिए। कम्युनिष्ट आन्दोलनमा सहभागी भएका उनी विभिन्न जेलजीवन बिताएका छन्। २०३६ सालमा संविधान विरोधी आन्दोलनमा सहभागी हुँदा उनको हँुदा खादाको सरकारी शिक्षकको जागिर समेत गुमाउनु परेको थियो।

पार्टीको संगठित सदस्यको रुपमा रहेका खत्रीले पार्टीमा विभिन्न योगदान दिएका कारण उम्मेदवार बनेका थिए। खत्रीले स्नातक तहसम्मको अध्यनन गरेका छन् भने उनकी श्रीमति सावित्री खत्री हुन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.