आलुको पराठा

आलुको पराठा

‘साहिल प्लिज ! केही त भन, यदि म तिमीसँग नहुने हो भने बरु मर्नेछु । आई लभ यु साहिल, उठ न, तिमी मर्न सक्दैनौ । म तिम्रो श्वासलाई महसुस गर्न सक्छु । प्लिज, केही त बोल । उनीहरू भन्छन् कि तिमी सदाको लागि मरिसक्यौ। तर म मान्दिनँ । आँखा खोल साहिल ।’

Moin-Uddinकेही घन्टापछि निशा उठ्छे । उसको सुसारे आउँछ र औषधि खान दिन्छ । ऊ हँसिली छे, राता–राता गाला, आँखा हरिणकोझैं, कालो–लामो, सिल्की कपाल ।

सिरिसिरी हावा उसको कोठाको देब्रे झ्यालबाट आइरहँदा उसको कपाललाई कहिले उसको आँखामा र कहिले उसको न चेप्टो, न चुच्चो, ठ्याक्कै मिलेको नाकमा त कहिले कानमा छोइरहेको हुन्छ । ऊ यत्ति राम्री देखिन्छे कि जब उसको कपालले उसको अनुहारलाई स्पर्श गर्दा, विस्तारै कपाललाई कानको छेऊमा आफ्नो कोमल हातले अड्याउन खोज्दा हावाले यो मौकाको फाइदा लिई अझै उसको कपाललाई स्थिर हुन दिइराखेको हुँदैन । आफ्नै चञ्चलतामा मस्तमौला भइराखेको हुन्छ ।

ऊ यत्ति सुन्दर थिई कि उसलाई देख्नेबित्तिकै सबै मोहित हुन्थे । यहाँसम्म कि एउटा चरा सधैं उसको झ्यालमा आएर उसैलाई हेरिरहन्थ्यो, जस्तो कि एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ।

ऊ अझै पनि पलङमा नै हुन्छे । आफ्नो सुसारेतिर इसारा गर्छे र सांकेतिक भाषा प्रयोग गर्छे कि ऊ उठ्न चाहन्छे भनेर । तर, सुसारेले केही पनि बुझ्दैन । ऊ नर्भस हुन्छ र विस्तारै नजिकै आउँछ ।

४८ घन्टादेखि ऊ त्यही पल्टिरहेकी हुन्छे र निकै नै कोसिस गर्छे उसलाई भन्न । तर, त्यो सुसारेले अझै पनि केही बुझ्दैन । उसलाई लाग्छ कि यो केटी पागल भइछ तर मुख खोलेर भनी चैं हाल्दैन ।

उसले विस्तारै किरिङमिरिङ अक्षर डायरीमा लेख्छे, म उठ्न चाहन्छु भनेर । काला अक्षर भैंसी बराबर भनेझै उसले हेर्न त हेर्छे तर केही पनि बुझ्दिनँ ।

निशा निकै रिसाउँछे । त्यै पनि आफूलाई सम्हाल्छे । किनकि उसको गुरुले सिकाएका हुन्छन् ध्यान गर्न र मानवप्रति माया प्रेम, स्नेह राख्न । गुरुले उसलाई उपदेश किताबको केही अंश सधैं सुनाउने गरेको हुनाले पनि ती सुनेका कुराहरू उसको मानसपटलमा हुँदा त्यै सम्झी सम्हाल्छे आफूलाई ।

ऊ नम्र भएर हातकै इसाराले आफ्नो सुसारेलाई बाहिर जानको लागि संकेत गर्छे । यो पालि उसले बुझ्छे र टाउको हल्लाउँदै बाहिरिन्छे ।
निशाकी आमाले नास्ता बनाएर ल्याउँछे, उसैको रुममा ।

‘निशा म निकै चन्तित छु तिम्रो बारेमा,’ उसकी आमाले भन्छे, ‘खैर, हेर, मैले तिम्रो मनपर्ने खानेकुरा बनाको छु आलुको पराठा ।’ ससानो टुक्रा
पारी आफ्नै हातले ख्वाउँछे । केही पछि निकै प्रयास गरेर भित्ताको सहायताले ऊ बरन्डानिर आउँछे ।

उसकी आमाले चराहरूलाई चारा खुवाइरहेकी हुन्छिन् । उसका दाइहरू तरबारसँग खेलिरहेका हुन्छन् । उसको बुवा कुस्ती र हजुरमुमा चै बगंैचाबाट फूल टिपिरहेकी हुन्छिन् ।
बरन्डाबाटै हजुरमुमालाई बोलाउँछे, ‘हजुरमुमा, ओ हजुरमुमा, मलाई सेतो गुलाफ ल्याइदिनु न ।’

त्यो सुसारेले त्यस महलमा काम गरेको दुई महिना भइसकेको हुन्छ तर यो पहिलो चोटी हो कि उसले निशाको स्वर सुनेको ।

उसकी हजुरमुमा मुस्कुराउँदै भन्नुहुन्छ, ‘निशा, पर्ख म टिप्दैछु सेतो गुलाफ । एकछिन पर्ख है मेरी पुतली,’ र सुसारेलाई बोलाउँदै लगेर दिन भन्छिन् ।

सेतो गुलाफ लिएर सुसारे निशाको रुममा पुग्छ । ऊ सुस्तरी टेबलमा राखेर भाग्न लागेकी हुन्छे तर निशाले देखिहाल्छे र बोलाउँछे, ‘यता आऊ, त्यो गुलाफ यता ल्याऊ ।’
ऊ एक टक पनि हलचल गर्दैन । फेरि निशाले कराउँछे, यो पालि कड्केर र ऊ डराउँदै नजिक आउँछे ।

हातमा गुलाफ भइकन पनि उसले डरको कारण दिन सकिरहेको हुँदैन । निशालाई निकै रिस उठ्छ– बिहानको कुरा सम्झेर पनि रिस उठी नै राखेको हुन्छ । उसले यसरी गुलाफको फूल तानेर लिन्छे कि काँडाले उसको औंला घोचिन्छ र रगत बग्छ । तर निशाले देख्दिनँ र गाली गर्छे, ‘तिमी केही काम गर्न लायककी छैनौं, कसले राख्यो हँ तिम्लाई यहाँ ? ’

उसलाई असह्य दुःखिराखेको हुन्छ र रगत बगी नै रहेको हुन्छ तर पनि केही शब्द नबोली, ठिंग उभिएर गाली खाइराख्छे ।

उसले आफ्नो दाइहरूलाई बोलाउँछे । उनीहरूले सुसारेलाई कुट्छन् । निशा मुस्कुराउँछे । पछि पो देख्छे, उसले गुलाफको फूलको हाँगामा अनि कोठाको कार्पेटमा पनि रगतका थोपाहरू । ऊ द्रविभूत भई सुसारेहरू बस्ने रुमनेर पुग्छे ।
उसले त्यो सुसारे सुक्कसुक्क रोइरहेको देख्छे । ऊ तुरुन्तै आफ्नो रुममा गएर फस्ट एड बक्स ल्याई ब्यान्डेज झिकी उसको औंलामा बाँधिदिन्छे । रगत बग्न थामिन्छ । निशाले माफी माग्छे ।

अर्को दिन निशा बगैंचामा आएर साहिललाई ग्रिट गर्छे । साहिल आश्चर्यमा पर्छ । किनकि उसले सोचेको नि हुँदैन कि निशाले यसरी विनम्रतापूर्वक बोल्छे भनेर । ऊ मुस्कुराउँछ मात्र र आफ्नै काममा ध्यानमग्न हुन्छ ।

घरमा बसिराख्दा निशा बोर भइसकेकी हुन्छे । बुवालाई गाउँ घुमाउन लानु भन्छे । उसको बुवाले भन्छन्, ‘म व्यस्त छु मेरी प्यारी छोरी । तर, पर्ख साहिलले घुमाउन लान्छ तिमीलाई ।’

साहिललाई आफूनजिक बोलाउँदै भन्छन्, ‘लिएर जाऊ निशालाई र उसको गाइड बनि सबै ठाउँ घुमाऊ । उसलाई केही थाहा छैन हाम्रो गाउँको बारेमा ।’

उसको बुवाले साहिललाई बाइकको साँचो दिन्छन् । ऊ लजाउँदै भन्छ, ‘निशा म्याम, बस्नु न’, निशा मुस्कुराउँदै बस्छे । बाइक हुइँकिन्छ । केहीबेर पछि बाइक रोक्न लगाउँदै मलाई चलाउन देऊ भन्छे । साहिल अप्ठ्यारो मानी पछाडि सिटमा बस्छ । निशा बेतोडले बाइक कुदाउँदा साहिलको सातो जान्छ ।

‘के भयो, डर लाइराछ ? ’ निशाले हाँस्दै सोध्छे, ‘मलाई समात, नत्र लड्नेछौं ।’

‘तपाईंलाई म कसरी समातौं ? ’

‘किन लजाइराको । बरु, आफूलाई भाग्यमानी ठान । तिमी मेरो पछाडि बस्न पाएकोमा । केटाहरू मरिहत्ते गर्छन्, मसँग एकैक्षण भए पनि कुरा गर्न । तर म उनीहरूलाई नजिक पर्नै दिन्न, तिमी भाग्यमानी केटा हौं ।’

कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझै साहिलले वास्ता गर्दैन ।

निशा बाइक गाउँभन्दा धेरै पर पुर्‍याउँछे । साहिल डराउँछ ।

‘फर्किनुपर्छ अब म्याम, हामी ढिला भइसकेका छौं ।’

‘ह्या, केही नि हुँदैन ।’

उनीहरू अर्कै गाउँमा पुगिसकेका हुन्छन् । त्यहाँका स्थानीय केटाहरू उनीहरूलाई जिस्क्याउन थाल्छन् । अझ एउटाले त निशाको हात च्याप्प समाइ के छ मैयाँ भन्छ । साहिल अचानक फिल्मको हिरोझैं प्रतिकार गर्छ र त्यहाँबाट केटाहरू भाग्न बाध्य हुन्छन् ।

उनीहरू घर फर्किन्छन् । भयानक दुर्घटनाबाट फर्किएका उनीहरू खुसी देखिन्छन् । त्यस घटनापछि उनीहरू नजिकिएर आफ्नो जीवनका ससाना कुराहरू सुन्न सुनाउन थाल्छन् । एकदिन त्यसरी नै हाँसीखुसीसाथ कुराकानी गरिरहँदा निशाका दाइहरूले देख्छन् र साहिललाई मरणासन्न हुनेगरी कुट्छन । उसका आँखा सुन्निएको देखिन्छ, तरबारको प्रहारले उसको जिउमा गहिरो घाउ हुन्छ ।

मध्यरातमा निशा साहिलको रुममा जान्छे । उसको दर्दनाक स्थिति देख्दा उसको आखाँबाट बर्रर आँसु झर्छ । ऊ घाउमा मलम लगाइ दिन खोज्छे तर साहिलले मान्दैन ।
‘म तिमीलाई माया गर्छु साहिल’, निशा रुँदै भन्छे ।

‘म केवल एउटा सुसारेमात्रै हुँ, कसरी तपार्इंलाई म माया गर्न सक्छु, यो त असम्भव छ म्याम,’ आफ्नो घाउमा बाँधिएको ब्यान्डेज मिलाउँदै भन्छ ऊ, ‘कृपया आफ्नो रुममा जानुस्, नभए तपाईंले पनि सजाय पाउनुहुनेछ आफ्ना दाइहरूबाट ।’

 ऊ यत्ति सुन्दर थिई कि उसलाई देख्नेबित्तिकै सबै मोहित हुन्थे । यहाँसम्म कि एउटा चरा सधैं उसको झ्यालमा आएर उसैलाई हेरिरहन्थ्यो, जस्तो कि एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ।

निशाले सम्झाउन खोज्छे तर उसको कोसिस सबै व्यर्थ जान्छ । उसले सोध्छे, ‘के तिमीले मलाई माया गर्दैनौं र ? ’ साहिलले केही नसोची तुरुन्तै भन्दिहाल्छ, ‘नाइँ, गर्दिनँ ।’
उसले भित्री हृदयबाट प्रेम गरे पनि व्यक्त गर्न डराउँछ ।

करिब महिना दिनपछि साहिल तंग्रिन्छ । निशाले भन्छे, ‘पाँच मिनेट भित्र मेरो रुममा आऊ है ।’ तर, उसले वास्ता गर्दैन । निशाले सुसारेलाई भनेर बोलाउन पठाउँछे । ऊ निशाको रुममा जान बाध्य हुन्छ ।

उसले निशालाई अर्कै रूपमा देख्छ, निशाले अर्कै लुगा लगाएकी हुन्छे । उसको श्वासको गति धड्किरहेको हुन्छ । साहिलको आँखामा आँखा मिलाउँदँ आफ्नो असीम माया व्यक्त गर्छे । तर, साहिलको मन पग्लिँदैन । रिसको झोकमा निशाले उसलाई गाली गर्छे । यो महलमा कहिल्यै पाइला नटेक्नु भनेर रुन्छे ।

साहिलले सोही रात एकाबिहानै महल छोड्छ, कसैलाई नभनिकन ।

अर्को दिन निशा साहिललाई भेट्न भनि उसको कोठामा जान्छे । तर, कोठा रित्तो हुन्छ ।

सदाझै चरा आउँछ, निशाको रुमको झयालमा र उसलाई हेरिरहन्छ । चराले उसको दर्द नियालिरहेको हुन्छ र सोध्छ, ‘के भयो ? ’ निशाले सबै कुरा बिस्तारमा भन्छे ।

चरा पनि भावविह्वल सहयोग गर्ने वाचा गर्छ । उ साहिललाई खोज्न भुर्र उड्छ ।

दस दिनपछि चराले साहिललाई खोज्न सफल हुन्छ । ऊ साहिलको नजिकै जान्छ । निशाले उसलाई कसरी व्यग्र रूपमा प्रतीक्षा गरिरहेकी छे भन्ने कुरा बताउँछ ।

साहिलले पनि वास्तविक कुरा भन्छ । ‘म निशालाई मन पराउँछु । धेरै माया पनि गर्छु तर उसलाई स्विकार्न भने सक्दिनँ,’ साहिल भन्दै गर्छ, ‘ऊ असाध्यै राम्री छे । आफ्नो पूरै जीवन यस्तो सुख सुविधासम्पन्न महलमा हुर्केकी र म जाबो एउटा नोकर उसको महलमा काम गरिराछु, यो सम्बन्ध असम्भव छ ।’

चराले आश्वास्त पार्छ । उसलाई चिन्ता नलिन भन्दै तिमीहरूलाई मिलाउन सबै कुराको बन्दोबस्त गर्नेछु भन्छ ।

दिन बित्दै जान्छ । निशाको स्वास्थ्य बिग्रिरहेको हुन्छ र एक साँझ उसको बुवाले टेबलमा अचानक चक्कु देख्नुहुन्छ । निशा बेहोस भइसकेकी हुन्छे । उसको रगताम्मे हातमा एउटा कागजको पाना हुन्छ । त्यो कागजमा रगतले लेखिएको हुन्छ कि ऊ साहिलको लागि मात्रै बनेकी हो र निकै नै माया गर्छे उसलाई ।

उसको बुवा रिसाएर पहरेदारहरूलाई बोलाई साहिललाई जहाँसुकै भेटे मारिदिने उर्दी जारी गर्छन् ।

पाँच दिनपछि उनीहरूले साहिललाई खोज्न भ्याउँछन् र निशाको जिन्दगीबाट टाढिन धम्की दिन्छन् । तर, उसले सिधै नकार्छ । पहरेदारहरूले लखेट्छन् । ऊ भागिरहँदा गम्भीर रूपमा घाइते हुन्छ ।

निशाको बुवाले उसलाई गाडीमा राखेर उपचार गराउन अस्पताल लागिरहेका हुन्छन् । र संयोगवश, उनीहरू त्यही ठाउँबाट गइराखेका हुन्छन्, जुन ठाउँमा साहिल र पहरेदारहरूको लडाइँ चलिरहेको हुन्छ ।

साहिल सकी नसकी पीडामा कराइरहेको हुन्छ, ‘निशा मेरी हो । उसलाई मबाट कसैले खोस्न सक्दैन । म उसलाई निकै माया गर्छु ।’

होसमा आएकी निशा साहिलले बारम्बार भनिरहेको कुरा सुन्छे र बिस्तारै आँखा खोल्छे । ऊ मुस्कुराउँछे । गाडीको ढोका खोल्न लाग्दा उसको बुवाले खोल्नै दिनु हुन्न ।

उसले धकेल्छे बुवालाई । गुडिरहेको गाडीबाट हाम्फाल्छे । चिच्याएर साहिललाई बोलाउँछे, ‘साहिल, कहाँ छौ तिमी ? साहिल, साहिल... आइ लभ यु, कहाँ छौँ तिमी ? म आइसके ।
प्लिज मलाई पर्ख । साहिल, साहिल...।’

आशालाग्दो र हरेस खाएको चिन्तित स्वरमा रुँदै भनिराखेकी हुन्छे ।

दौडदै गर्दा निशाको खुट्टा अल्झिन्छ । यसो हेर्दा साहिललाई देख्छे, ऊ बेहोस भएर लडिरहेको हुन्छ ।

चराहरूको झुन्ड आउँछ उनीहरू नजिक । कोही रुखको हाँगामा त कोही भुइँमा चिरबिर गर्छन् ।

निशा साहिललाई बोलाउँछे, ‘साहिल म अब त्यो महलमा कहिल्यै फर्किन्न । मैले छाडे । खाली तिमी र ममात्र कतै गएर सुखसाथ बाँचौंला । हामीबीच अब कोही नि आउँदैन । उठ न प्लिज...।’

उता पछाडिबाट निशाका दाइहरू हातमा धारिलो तरबार लिएर आइराखेका हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.