दोलखामा ३० हजार मतान्तरले वाम गठबन्धन विजयी
चरीकोट : प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा दोलखामा वाम गठबन्धनका उम्मेदवारले सानदानर जित हाँसिल गरेका छन्। शनिबार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवारले जित हाँसिल गरेका छन्।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको दोलखामा ८७ हजार ४ सय ९८ मत खसेको थियो। जस्मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्काले २५ हजार ८ सय १ मत प्राप्त गरेका छन्। यस्तै प्रदेशसभा १ तर्फ माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले २८ हजार ३ सय ५० मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका उम्मेदवार बर्मा लामाले १२ हजार ९ सय ५६ मत ल्याएका छन्।
प्रदेशसभा २ तर्फ एमालेबाट उम्मेदवार बनेका पशुपति चौलागाईले २३ हजार ५८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशजराज चौलागाईले १० हजार ८ सय ८० मत ल्याएका छन्। यस्तै मालेबाट उम्मेदवार बनेका लालकुमार केसीको ३ हजार ४ सय ४ मत छ ।