सुरु भयो धनुषा ४ को मतगणना
जनकपुरधाम : मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि स्थगीत भएको धनुषा प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ।
जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १, २ र ४ को मतगणनाको क्रममा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको हो।
जनकपुर उपमहानगरपालिका १९ को मतदान केन्द्रको मतपत्रमा अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद उत्पन्न भएको थियो। निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रलाई बदर गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो।
क्षेत्र नम्बर ४ बाट फोरमका महाजन यादव, नेपाली कांग्रेसका महेन्द्र यादव र वाम गठबन्धनका रघुवीर महासेठबीच चुनावी प्रतिस्पर्धा रहेको छ।