निर्वाचित भएपछि पाण्डेले भने, ‘३ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ

निर्वाचित भएपछि पाण्डेले भने, ‘३ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ

धादिङ : धादिङको क्षेत्र नं १ को प्रदेश सभा १ बाट विजयी भएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ३ नम्वर प्रदेशको मुख्य मन्त्रीको पद अब आफूले सम्हाल्ने बताएका छन्।  निर्वाचित भएपछि अन्नपुर्णसँग छोटो कुराकानीका क्रममा पाण्डेले मुख्यमन्त्री चलाउन पाको, अनुभवी र सक्षम व्यक्ति नै आवश्यक पर्ने भएकाले पार्टीले नै आफूलाई अघि सारेको बताए।

उनले भने, ‘मैले विगतका चारवटा संसदीय निर्वाचनमा विजयी भएर पार्टीको विभिन्न पद र संसदमा लामो अनुभव बटुलेको छु, पहिलो पटक चयन हुने मुख्य मन्त्रीमा पनि अनुभवी मान्छेहरु अघि सर्नुपर्छ भन्ने पार्टीबाटै कुरा आएपछि म प्रदेश सभामा आएको हुँ।'

नाम नतोकेपनि एमालेका अन्य केन्द्रीय नेताहरुले पनि मुख्यमन्त्रीको टिकट दावी गरिरहेको हल्ला निराधार रहेको बताउदै पाण्डले भने, ‘अहिले प्रचारमा ल्याइएको जस्तो नेकपा एमालेका अन्य नेताहरुले ३ नम्वर प्रदेशको मुख्यमन्त्री दावी गरेका छैनन्, जजस्को नाममा हल्ला चलाइएको छ, उनीहरुकै प्रस्ताव र सल्लाहमा म प्रदेश सभामा आएको हुँ।'

पाण्डेले पार्टीले नै अगाडि सारेको कुरा गरिरहदाँ धादिङ जिल्लाको स्थानीय कमिटीले भने पाण्डेलाई प्रदेश सभामा उम्मेद्वार नै सिफारिस गरेको थिएन। प्रतिनिधिसभाकै चुनाव लड्ने मनस्थिति बनाएर टिकट दावी गरिरहँदा गुटका कारण प्रतिनिधिसभाको टिकट नपाउने निश्चि प्रायः भएपछि केन्द्रीय तहको हस्तक्षेपबाटै स्थानीय तहबाट सिफारिस भएका नेत्र पौडेललाई जिल्लाउँदै पाण्डेले प्रदेश सभाको टिकट हत्याएका थिए।

नेकपा एमालेको बाहुल्यता रहेको क्षेत्रबाट प्रदेशको टिकट लिएपछि उनलाई मुख्यमन्त्रीको दावेदारको रुपमा प्रचार गरिदै आएको छ। यद्यपि, नेकपा एमालेबाट ३ नम्वर प्रदेशको मुख्यमन्त्रीको रुपमा अन्य जिल्लाका नेताहरुले पनि दावी गरिरहेकै छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.