मतपत्र घटेपछि प्रदेशसभा सिरहा १(क) को मतगणना स्थगित

 मतपत्र घटेपछि प्रदेशसभा सिरहा १(क) को मतगणना स्थगित

सिरहा : सिरहाको निर्वाचन १ को प्रदेशसभा १(क) को मतगणना स्थगित भएको छ। मतगणना गर्ने क्रममा खसेको मतमध्ये ५६ मतपत्र मतपेटिकामा नभेटिएपछि नेपाली कांग्रेसका प्रतिनिधिले विरोध गरेपछि दिउँसो ३ बजेबाट मतगणना स्थगित भएको हो।

प्रदेशसभा १(क) का निर्वाचन अधिकृत महेश खनालका अनुसार लहान नगरपालिका १२ को एक मतदान केन्द्रमा खसेको मतभन्दा ५६ मत पेटिकामा कम भेटिएको छ। मुचुक्लका अनुसारको मतपत्र मतपेटिकामा नभेटिएपछि कांग्रेस प्रतिनिधिले विरोध गर्दा गणना स्थगित गरिएको हो।

निर्वाचन अधिकृत खनालले मुचुल्कामा लेख्न गल्ती भएको हुनसक्ने वा सामानुपातिक मतपेटिकामा पनि मतदाताले झुक्किएर खसाएको हुनसक्ने बताए। उनले विवाद मिलाउन छलफल भइरहेको पनि जानकारी दिए। उनले भने, दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छौं।

सो प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि नेपाली कांग्रेसबाट सन्तोष चौधरी र वाम गठबन्धनका लगनलाल चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार वाम उम्मेदवार तथा नेकपा एमाले नेता लगनलालले ५ हजार ६८२ मत ल्याएर अगाडी छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सन्तोषले ४ हजार ९५५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.