पर्वतमा वाम गठबन्धनका गिरी अगाडि

पर्वतमा वाम गठबन्धनका गिरी अगाडि

कुश्मा : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पर्वतमा शुक्रबाररातीदेखि निरन्तर जारी छ।पछिल्लो मत परिणामअनुसार पर्वतमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा रहेको पर्वतमा वाम गठवन्धन उम्मेदवार मतान्तर बढाउँदै गएका छन्।

जिल्लाका १ सय ३९ वटा मतदान केन्द्र मध्ये ६९ केन्द्रको मत गणना गर्दा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरी ६ हजार ६ सय तीन मतका साथ अग्र स्थानमा रहेका छन्।

उनले २० हजार १५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १३ हजार ४ सय १२ मत प्राप्त गरेका छन्। पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियू सभापति भएपछि एकाएक राजनीतिमा चुलिएका एमालेका युवा नेता गिरीले झण्डै १० हजार मतान्तरले विजयी हुने आंकलन सुरु भएको छ। अहिले मतगणना स्थल बाहिर हजारौको संख्यामा एमाले र माओवादीका कार्यकर्ताको बाक्लो उपस्थित छ।

लगातार तीनपटकसम्म पर्वत क्षेत्र १ बाट सांसद बन्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका जोशीको पराजय भने निश्चित जस्तै भइसकेको छ। प्रदेशसभा सदस्यतर्फ पर्वत क्षेत्र १ मा माओवादी केन्द्रका नेत्र अधिकारीले अग्रता हाँसिल गरिरहेका छन्। उनले ९ हजार १ सय ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज गुरुङले ८ हजार १ सय ३७ मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेशसभातर्फ पर्वत क्षेत्र २ मा एमालेका विकास लम्साललेले झण्डै एक हजार मतले अग्रता लिएका छन्। उनको पक्षमा ८ हजार ९ सय ५४ मत प्राप्त भएको छ भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन्। अन्य साना राजनीतिक दलहरुको मत संख्या भने न्यून रहेको छ। पर्वतमा झण्डै ५० प्रतिशत मतगणना सकिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.