काठमाडौं ६ मा झक्कु सुवेदीलाई हराउँदै भीमसेनदास प्रधान विजयी
काठमाडौं : काठमाडौं ६ मा लोकतान्त्रिक गठबन्धका उम्मेदवार भीमसेन दास प्रधान विजयी भएका छन्। रक्षामन्त्री समेत रहेका कांग्रेस नेता प्रधान १६ हजार सात सय ८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ८५ मत ल्याएका छन्।
माओवादी केन्द्रका नेता सुवेदी १३ सय मत अन्तरले पराजित भएका हुन्। नेता सुवेदी पहिलो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गर्दै चर्चामा आएका थिए।
विवेकशील साझाका रमेश चिलुवालले चार हजार २ सय २५ मत ल्याएका छन्।