भोजपुर प्रदेशसभाको दुवै क्षेत्रमा वाम विजयी

भोजपुर प्रदेशसभाको दुवै क्षेत्रमा वाम विजयी

भोजपुर : बिहिबार साँझ ५ बजेदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुरको क्षेत्र नं (क) र (ख) दुवैमा वाम गठबन्धन विजयी भएको छ। विजयी हुने वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राई र अर्का नेकपा एमालेका युवा नेता राजेन्द्र कुमार राई भारी मतले विजयी भएका हुन्।

भोजपुर (क) मा वाम गठबन्धनका राजेद्रकुमार राईले कुल १९ हजार २ सय ९७ मत र भोजपुर (ख) मा वामगठबन्धनकै शेरधन राईले कुल २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन्। राजेन्द्रले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका अजम्बर राई काङमाङलाई ७ हजार ७ सय ५६ मतको फराकिलो मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् भने भोजपुर (ख) मा शेरधनले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतको भारी अन्तर पराजित गर्दै विजयी भएका हुन्।

भोजपुर (क) मा राजेन्द्रलाई पछ्याउने क्रममा अजम्बर राईले कुल ११ हजार ५ सय ४१ मत ल्याउँदा भोजपुर (ख)मा शेरधन पछाडी गोविन्द कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याएका थिए। भोजपुरको दुवै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा भइरहँदा नेकपा माले तेश्रो स्थानमा आएको छ। तेश्रो स्थानमा आउने नेकपा मालेका तर्फबाट भोजपुर (क)मा पर्शुराम राईले कुल ७ सय ४८ मत ल्याउँदा भोजपुर (ख)मा नेकपा मालेकै यादव कुमार पाण्डेले कुल सात सय ८९ मत ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.