मुगुमा वाम गठबन्धन विजयी

मुगुमा वाम गठबन्धन विजयी

गमगढी : मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाका तीन वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार गोपालबहादुर बम, प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र क मा दानसिंह परियार र ख क्षेत्रमा चन्द्रबहादुर शाही विजयी भएको मुख्य निर्वाचन अधिकृत जवारप्रसाद सिंहले जानकारी दिए ।


शनिवार दिउँसो ३ बजे निर्वाचन मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको हो । मत परिणाम अनुसार बमले १३ हजार ३४ मत प्राप्त गरि विजयी बनेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए ।


त्यस्तै प्रदेश सभाका क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार दानसिंह परियारले ५ हजार ६ सय ५३ मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार तिलकबहादुर मल्लले ५ हजार २ सय ९९ मत प्राप्त गरेका थिए । त्यस्तै प्रदेश सभाको ख मा सदस्य उम्मेदवार बनेका नेकपा एमालेका चन्द्रबहादुर शाहीले ६ हजार ८ सय ४५ मत प्राप्त गरि विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडगबहादुर शाहीले ४ हजार ६ सय ९ मत प्राप्त गरेका थिए ।


२०४८ सालको आम निर्वाचन र २०५१ को मध्यावधी निर्वाचनमा जित हासिल गरेको कांग्रेसले २०५४ सालको स्थानीय निर्वाचन देखि लगातार हार व्यहोर्दै आएको छ । २०५४ को स्थानीय निर्वाचनमा जिल्लाभर एमालेले विजय हासिल गरेको थियो भने २०५६ को संसदिय चुनावमा एमाले , २०६४ को संविधान सभामा नेकपा माओवादी र २०७० को संविधान सभाको निर्वाचनमा एमालेले नेपाली कांग्रेसलाई पराजित गरेका थिए । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिका र एक नगरपालिकामा कांग्रेसले जित हासिल गरेको थियो ।


प्रतिनीधी सभा र प्रदेश सभा सदस्यका लागि गरिएको प्रत्यक्ष तर्फको निर्वाचनको मतगणना सम्पन्न भएको र शनिवार साँझ देखि नै समानुपातिक तर्फ भएको निर्वाचनको मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.