जाजरकोटमा शक्ति बस्नेत सहित वामगठबन्धन विजयी

जाजरकोटमा शक्ति बस्नेत सहित वामगठबन्धन विजयी

जाजरकोट : जाजरकोट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बस्नेत ३२ हजार २ सय ८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजिवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएका छन् । उनीहरु विच ८ हजार ९ सय ९२ मतान्तर भएको हो ।
यस अघि जाजरकोट क्षेत्र नं १ बाट विजयी बस्नेत माओवादी केन्द्रका सचिवालय सदस्य तथा ६ नं प्रदेश ईन्चार्ज हुन् । पुर्व गृहमन्त्री बस्नेत र कांग्रेस उम्मेदवार शाह विच कडा टक्कर हुने ठानिएपनि बस्नेतले फराकिलो मतान्तरले विजय हासिल गरेका छन् । उनले देशको समग्र विकासका साथै जिल्लाको विकासमा जोड दिने बताए । उनले सडक यातायातको विस्तार नै मुख्य प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् । जनजरकोटमा ६० हजार ८ सय ९७ मत खसेको थियो ।
त्यस्तै जाजरकोटमा प्रदेशसभा तर्फ दुईवटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । फराकिलो मतले प्रतिस्पर्धीलाई पछि पादै गठबन्धनले बाजी मारेको हो । प्रदेश क बाट वाम गठबन्धनका उम्मेदवार गणेशप्रसाद सिंह विजयी भएका छन् । माओवादी केन्द्रका सिंहले १६ हजार ९ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बेदराज सिहले १२ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् । चार हजार ३३ मतान्तरले सिंह विजयी भएका हुन् । प्रदेश क मा ३२ हजार ६ सय ६ मत खसेको थियो ।
प्रदेश ख बाट वाम गठबन्धनका उम्मेदवार करवीर शाही विजयी भएका छन् । एमालेका शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपक जंग शाहले १० हजार तीन सय ६० मत प्राप्त गरेका छन् । चार हजार ८ सय २१ मतान्तरले शाही विजयी भएका हुन् । प्रदेश ख मा २८ हजार २ सय ९१ मत खसेको थियो । त्यहाँ एक हजार नौ सय ७९ मत बदर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.