नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा ख मा कांग्रेस निर्वाचित

नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा ख मा कांग्रेस निर्वाचित

मकवानपुर : २०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुपर्‍यो।

कांग्रेस मकवानपुरका जिल्ला सदस्य रहेका इन्द्र बानियाँले ५५ वर्षपछि मकवानपुर १ मा २०७० को निर्वाचनमा काँग्रेसको पुनः बिउ रोप्न सफल भएका थिए।

कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले वामपन्थीको गढ मानिएको मकवानपुरमा यस पटक पनि कांग्रेसलाई क्लिन स्विप हुनबाट जोगायो।

मकवानपुर २ (ख) बाट उनी वामपन्थी गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरे। यी क्षेत्रमा ४० हजार ३ सय १२ मत खसेक थियो ।

स्याङ्तान मकवानपुर २ (ख) अन्तर्गत साविक मकवानपुर ४ बाट सांसद निर्वाचित भएका थिए। प्रतिनिधिसभा सांसदबाट प्रदेससभामा प्रतिस्पर्धा गरेकोमा बानियाँ बाजी मार्न सफल भएका हुन्।

जितपछि प्रतिक्रिया दिँदै पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँले भने, ‘मैले पूर्वी मकवानपुरमा थालेको विकासको लहड पश्चिमी बिकट चेपाङ र तामाङ बस्तीसम्म फैल्याउनेछु ।’

२०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति हुँदै विजयीको टिका लगाएका ४७ वर्षीय बानिँयाले २०७० र २०७४ मा पनि मकवानपुर बहुमुखी क्याम्पसबाटै विजयी यात्रा निकाल्ने अवसर पाएका छन्। प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ सांसद सँगै सफल व्यवसायी पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.