धनकुटा प्रदेशसभा ‘क’ मा वाम गठवन्धनका निरन राई विजयी

धनकुटा प्रदेशसभा ‘क’ मा वाम गठवन्धनका निरन राई विजयी

धनकुटा : धनकुटा प्रदेशसभा ‘क’ तर्फ वाम गठवन्धनका निरन राई विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन्। विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए।

नेपाल एमाले धनकुटाका सहसचिव रहेका राईलाई माओवादी केन्द्रले समर्थन गरेको थियो। भने नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सांसद रहेका श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सहित संघीय समाजवादी फोरम नेपालले समर्थन गरेको थियो।

यस अघि धनकुटा प्रदेश सभा (ख) मा पनि वाम गठवन्धनकै इन्द्रमणी पराजुली विजयी भएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.