स्याङ्जामा आइतबारदेखि मतगणना गर्ने सहमति

स्याङ्जामा आइतबारदेखि मतगणना गर्ने सहमति

स्याङ्जा : बिहीबार सम्पन्न प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचन मतगणना सम्बन्धी शनिबार साँझ बसेको सर्वदलीय बैठकले आइतबारदेखि मतगणना गर्ने सहमति गरेको छ। दलबीच सहमति जुटेपछि स्याङ्जामा ४ दिनपछि मात्र मतगणना हुने भएको हो।

निर्वाचन आयोग, निर्वाचन कार्यालय र उम्मेदवारसहितको सर्वदलीय बैठक बसेर आइतबार बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको हो। सर्वदलीय एवं सर्वपक्षीय सहमती अनुसार आइतबार बिहान पनि पुन: एकपटक बैठकबसी मतगणनाका बारेमा विस्तृत छलफल गर्ने सहमति भएको छ।

यसैबीच, स्याङ्जामा स्थगित मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगद्धारा शनिबार पत्र प्राप्त भएको थियो। प्रतिनिधिसभा सदस्य क्षेत्र २ अन्र्तगतका विभिन्न मतदान केन्द्रमा मतदान हुदा बुथ कब्जागरी एकलौटी मतदान कार्य गरेकोले त्यस्ता मतदान केन्द्रको मतदान बदरगरी पुनः मतदान गरिपाऊँ भनी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचन कार्यालयमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा मतदान कार्य समाप्त भई रितपूर्वक मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेको अवस्थामा आवश्यक सुरक्षा व्यवस्था मिलाई तत्काल मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन अधिकृत र आवश्य सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई आयोगको निर्देशन छ।

पत्र प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीको सक्रियतामा सर्वदलीय बैठक बोलाएर मतगणना गर्ने वातावरण तयार भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.