रेणु यादवका छोरा प्रदेशसभामा विजयी
सप्तरीः सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन्।
राति घोषणा गरिएको मतपरिणाम अनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट यादवले नौ हजार छ सय पाँच मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी फोरमका उपाध्यक्ष एवं पूर्व मन्त्री रेणु यादवका छोरा हुन्।
निर्वाचन अधिकृत सानुभाई केसीका अनुसार यादवले प्रतिस्पर्धी नेपाली कांग्रेसका विवेकानन्द झालाई दुई हजार दुई सय ६९ मतान्तरले हराएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी झाले सात हजार तीन सय ३६ मत ल्याए।
प्रदेश सभा ४ (१) को शुक्रबारदेखि जारी मतगणना अनुसार नेकपा (एमाले) ले शनिबार विहानदेखि अग्रता लिएको छ । एमालेका जिल्ला अध्यक्ष गोबिन्द बहादुर न्यौपानेले नौ हजार नौ सय ४७ मत ल्याई मतान्तर बढाउँदै लगेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम साहले छ हजार एक सय ६७ मत ल्याएर पछ्याई रहेका छन्।