झण्डै दोब्बर मतले महेश बस्नेत विजयी

झण्डै दोब्बर मतले महेश बस्नेत विजयी

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता महेश बस्नेत करिब दोब्बर मतले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका हुन्। विजयी पूर्वउद्योगमन्त्री बस्नेतले ३६ हजार चार सय १२ मत ल्याउँदा उनका प्रतिस्पर्धी पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मतमै चित्त बुझाउनुपर्‍यो।

शनिबार मतगणनाकै क्रममा कांग्रेस उम्मेदवार ढुंगानाले हार स्वीकार गरिसकेका थिए। वर्षौं राजनीतिक रुपमा निष्क्रिय रहेका ढुंगानाको यस निर्वाचनमार्फत कम ब्याक गर्ने सम्भावना देखिएको छ। अब उनी राजनीतिमै राजनीतिमै रहन्छन् या पुनः पहिलेकै अवस्थामा फर्कन्छन्, चासोको विषय बन्न पुगेको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसारका क्रममा करिब १४ हजार मतान्तरले जित्ने दावी गरेका एमाले उम्मेदवार बस्नेतले उक्त दावीभन्दा बढी मत अन्तरले जित हात पारेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेका उनले यसपटकको निर्वाचनमा भने बाजी मार्न सफल भएका छन्।

पहिलो भएको कांग्रेस दोस्रो स्थानमा धकेलिँदा दोस्रो भएको नेपाल मजदुर किसान पार्टी तेस्रो स्थानमा झरेको छ। नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले पाँच हजार चार सय ७१ मतमै चित्त बुझाउनुपरेको छ। त्यस्तै विवेकशील साझा पाटीका शशिविक्रम कार्की एक हजार सात सय ८४ मत ल्याएर चौथो भए।

कूल ८३ हजार नौसय ३५ मतदाता रहेको यस क्षेत्रमा ७६.७५ प्रतिशत अर्थात ६४ हजार चार सय १८ मत खसेको थियो। जसमध्ये एक हजार तीन सय ४४ म तबदर भएको थियो।


क्षेत्र नं २ प्रदेश ख मा श्रेष्ठ विजयी

त्यस्तै भक्तपुर क्षेत्र नं २ को प्रदेश ख मा पनि वाम गठबन्धनको लागि एमालेका राजेन्द्रमान श्रेष्ठले बाजी मारेका छन्। उनले १४ हजार दुई सय २९ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेशमान चक्रधरले ११ हजार पाँच सय ३८ मतमै चित्त बुझाए। त्यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेमजन थापा श्रेष्ठले दुई हजार तीन सय ५५ मत ल्याएर तेस्रो स्थानमा रहे। विवेकशील साझाका रामभक्त बाडेले एक हजार ८८ मत ल्याउँदा संघीय समाजवादी फोरमका कृष्णबहादुर घजूले चार सय ६ र राप्रपाका रमेश राजवाहकले दुई सय पचास मत पाए।

कूल ३९ हजार आठ सय ४६ मतदाता रहेको यस प्रदेशमा ७६.८१ प्रतिशत अर्थात ३० हजार ६ सय चार मत खसेको थियो। यस क्षेत्रको प्रदेश क भने यसअघि नै वाम गठबन्धनकै लागि नेकपा एमालेका शशिजंग थापा विजयी भइसकेका छन्।

यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा तीन क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ। गठबन्धनले आइतबार बिहान ११ बजे मत गणनास्थल मध्यपुर थिमि नगरपालिकास्थित कृषि तालिम केन्द्रबाट विजयी र्‍याली निकाल्ने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.