प्रदेशसभामा ज्वाला साह निर्वाचित

प्रदेशसभामा ज्वाला साह निर्वाचित

बारा : वाम गठबन्धनकी उम्मेदवार ज्वाला साह बारा क्षेत्र नम्बर ३ क मा प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् । नेकपा माओवादी केन्द्रकी नेतृ साह ११ हजार सात सय ७१ मत ल्याउदै निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामानन्द प्रसाद यादवभन्दा एक हजार ६ सय २४ मत बढी ल्याएर निर्वाचित भइन् । कांग्रेसका यादवले १० हजार एक सय ४७ मत प्राप्त गरेका छन् ।

मतगणनाको सुरुवातीदेखिनै साहले अग्रता लिएकी थिइन् । साह पूर्व भूमिसुधार राज्य मन्त्री र पूर्व सभासद् समेत हुन् ।

अन्तिम मतपरिणामअनुसार संघीय समाजवादी फोरमका रुपलाल चौधरीले ६ हजार तीन सय ८२ मत प्राप्त गरे । वामगठबन्धनबाट असन्तुष्टी जनाउदै स्वतन्त्र उम्मेदवारी दिएका भरत खड्काले एक हजार तीन सय आठ मत प्राप्त गरे । यो क्षेत्रमा १४ जनाले उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.