पाँचथरको प्रदेशसभा ‘ख' मा वामगठबन्धन विजयी

पाँचथरको प्रदेशसभा ‘ख' मा वामगठबन्धन विजयी

फिदिमः पाँचथरको प्रदेशसभा ‘ख' मा वामगठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ईन्द्र आङ्बो (मौसम) विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र कुमार दाहाललाई चार हजार सात सय ९१ मत अन्तरले पछि पार्दै मौसम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

३६ हजार एक सय ५६ मत गणना गर्दा मौसमले १६ हजार नौ सय आठ मत पाए भने दाहालले १२ हजार एक सय १७ मत ल्याएका छन्। मौसम र दाहाल भन्दा अन्य छ उम्मेदवारले पाएको मत भन्दा बदर मतको संख्या धेरै छ।

संघीय समाजवादी फोरमका एविराज आङ्देम्बेले दुई हजार ४० मत पाएका छन्। त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपेन्द्र चेम्जोङले एक हजार एक सय ५७, जनसमाजवादी पार्टी नेपालका भिमबहादुर तामाङले आठ सय ५२, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले चार सय २९, नयाँ शक्ति पार्टी नेपालका नगेन्द्र प्रसाद नेम्बाङले एक सय १२ र मंगोल नेशनल अर्गनाइजेसनका राम कुमार तुम्रोकले ६२ मत पाएका हुन्।

प्रदेश सभा क मा पनि बाम गठबन्धनकै उम्मेदवार गणेस काम्वाङ जित नजिक छन्। प्रदेश सभा क को अन्तिम नतिजा आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.