रौतहट २ मा कांग्रेसका आलम विजयी

रौतहट २ मा कांग्रेसका आलम विजयी

रौतहट: रौतहटको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मो.अफताब आलम १८ हजार ८ सय ३३ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी संघीय समाजबादी फोरम नेपालका किरण साहले १६ हजार ८ सय ५७ मत प्राप्त भरेका छन्।

प्रतिनिधिसभातर्फ रौतहटको क्षेत्र नम्बर २ मा ७८ हजार ७७३ मतदाता रहेकोमा ५५ हजार १ सय ८९ मत खसेको थियो। पूर्वमन्त्री मोहम्मद अफताव आलमको जन्म बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनको कोखबाट २०१९ असार ५ गते राजपुर फरहदवामा भएको हो।

विज्ञान संकायबाट स्नातक तहसम्मको अध्ययन गरेका आलम २०३४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।

२०६४ सालमा भएको संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी आलम २०७० सालको चुनावमा पराजीत भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.