रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरले विजयी

रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरले विजयी

रोल्पा :  रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त' दोब्बर बढी मतान्तर सहित विजयी भएका छन्। वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी भएका हुन्। नेता अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत ल्याए।

रोल्पा नगरपालिका-७ माडीचौरमा जन्मिएका अनन्त माओवादी केन्द्र कार्यालय सदस्य र पाँच नम्बर प्रदेश इन्चार्ज समेत हुन्। पार्टीमा प्रभावशाली मानिने उनी शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्लाबाट उम्मेदवार बनेका हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुरबाट विजयी उनी २०७० सालको संविधानसभाको दोस्रो चुनावमा मोरङबाट पराजित भएका थिए।

कानूनमा प्रमाणपत्र तह उत्तिर्ण उनी माओवादी केन्द्रमा बलियो प्रभाव भएका नेता मानिन्छन्। चुनावी प्रचारमा सृंखलावद्ध विष्फोटको घटना छिचोल्दै मत माग्न हिँडेका अनन्तले रोल्पालीको मतबाट मुलुककै समृद्धिको ढोका खोल्न प्रतिबद्ध हुने दाब गरेका छन्।

को हुन् अनन्त

बुबा इर्खराम र आमा तीर्थमालीको कोखबाट २०२८ साल जेठ १८ गते साविकको गाविस जंकोट १ माडीचौरमा जन्मिएका वर्षमान पुनलाई युद्धले अनन्त बनायो।

कटनीटिक मानिने उनी २०२ सालमा विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गरेका उनी दुई पटक २४÷२४ दिन हिरासत जीवन वताएका छन। २०५० साल मै उनी अर्ध भूमिगत भएका थिए। २०५२ फागुन १ गते उनी पत्नी ओनसरी घर्तीसँगै होलेरी चौकी आक्रमणमा संलग्न भए। ‘जनयुद्ध भरी भूमिगत भएर राजनीति गरियो।', विजयी अनन्त भन्छन्, ‘मेरो विजय जनताको विजय हो। राष्ट्र, राष्ट्रियता र मुलुकको समृद्धिमा मेरो योगदान हुनेछ।'

उनले छिमेक कै ओनसरी घर्तीसँग जनवादी विवाह गरेका थिए। २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट विजयी वनेर ओनसरी सभामुख समेत भईन। युद्धको प्रारम्भमै उनी रोल्पा जिल्ला सेक्रेटरी समेत भए। प्युठान, जाजरकोट र मेचीकोशीमा इन्चार्ज हुँदै युद्धका वेला शैन्य कमाण्ड समेत सम्हालेका थिए। राजधानी विशेष कमाण्ड इन्चार्जको जिम्मेवारी सम्हालिसकेका नेता अनन्त लडाईमा कुशल व्यवस्थापक र योजनाकार मानिन्थे।

पश्चिम र पुर्वी कमाण्ड इन्चार्ज, भ्याली विशेष कमाण्ड इन्चार्ज र लडाकु कमाण्डर भएका उनी शान्ति कालमा दुईपटक मन्त्री भईसकेका छन। शान्ति मन्त्रालय र अर्थमन्त्रालयको जिम्मेवारी निभाएका नेता अनन्त माओवादी केन्द्रका सचिवालय सदस्य छन। प्रदेश नम्बर ५ का ईन्चार्ज समेत रहेका युद्धमा दर्जनौ आक्रमणमा संलग्न भए। पुर्व पार्ती सचिव समेत हुन।

परिवारका ६ भाईमा उनी माईलो छोरा हुन्। उनको छोरा उत्सव र छोरी शिला छन्। उनको पत्नी एवं निवर्तमान सभामुख ओनसरी प्रतिनिधि सभा तर्फ अहिले समानुपाटिक सूचिमा छिन्। बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेश सभाका लागि विजयी भैसकेकिछिन्।

रोल्पाका प्रदेश सभा तर्फ माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी र दिपेन्द्र कुमार पुनमगर विजयी भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.