निवर्तमान सांसदलाई विस्थापित गर्दै डा. विजयी

निवर्तमान सांसदलाई विस्थापित गर्दै डा. विजयी

सप्तरी: सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादवले निवर्तमान सांसदलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

आइतबार बिहान घोषित परिणामअनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट यादवले २१ हजार सात सय १२ मत ल्याएर विजयी भएका हुन्।
यादवले प्रतिस्पर्धी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंव गत संविधानसभामा निर्वाचित सदस्य अशोककुमार मण्डललाई तीन हजार चार सय ८७ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत महेन्द्रप्रसाद भट्टराईका अनुसार यादवका निकटतम प्रतिद्वन्द्वी मण्डलले १८ हजार दुई सय २५ मत ल्याए । प्रतिनिधिसभाको मतगणना सकिएपछि आइतबारदेखि प्रदेशसभाको मतगणना सुरु गरिने निर्वाचन अधिकृत भट्टराईले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.