पुरानालाई हराउँदै समिमले मारे बाजी
सप्तरीः पुराना राजनीतिक हस्तीहरुलाई हराउँदै पराजीत गर्दै राजनीतिमा आएका नेपाली कांग्रेसका युवा नेता मोहम्मद समिमले प्रदेशसभा सदस्यमा विजयी भएका छन्।
सप्तरीको प्रदेश सभा ३ (१) बाट नेपाली कांग्रेसका समिमले सबै पुराना राजनीतिक खेलाडीहरुलाई पराजीत गर्दै प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् ।
राजपाका केन्द्रीय सदस्य दिनेश यादवलाई शनिबार रातिसम्म पछ्याइरहेका समिमले अन्तिममा आएर बिहान पछाडि पारे । समिमले ११ हजार छ सय २८ मत ल्याएर निर्वाचित हुँदा यादव नौ हजार नौ सय ७९ मतमा खुम्चिए।
समिमको जितसँगै पूर्वगाविस अध्यक्ष एवं जिल्ला विकास समितिका पूर्व सदस्य एमालेका महेशप्रसाद चौधरी, पूर्वगाविस अध्यक्ष स्वतन्त्रका जगन्नाथ मुन्धडा र लामो समयदेखि निरन्तर राजनीतिमा लागेका नयाँ शक्तिका उम्मेदवार रामदत्त साहले पराजय बेहोर्नु पर्यो।