स्थानीय तहमा हारेका चौधरी सांसद बने

स्थानीय तहमा हारेका चौधरी सांसद बने

सप्तरी : स्थानीय तहमा पराजित चन्द्रकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। घोषित परिणामअनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राजपाका उम्मेदवार चौधरीले २२ हजार पाँच सय ८४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट डाकनेश्वरी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका चौधरी पाँचौ स्थानमा रहेका थिए।

नाम चलेका कांग्रेसका हेभिवेट नेताहरुले पराजय व्यहोरिरहेको खबर आइरहेका बेला कांग्रेस त्यागेर राजपाबाट उम्मेदवार बनेका उनले पनि कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति दिनेशकुमार यादवलाई पराजित गरे। सँगै सोही क्षेत्रबाट उम्मेदवार रहेका उनका भाइ एवं गत संविधानसभाका निर्वाचित सांसद ताराकान्त चौधरीलाई पनि पराजयको मुख देखाए।

निर्वाचन अधिकृत भोजराज रेग्मीका अनुसार चौधरीले प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवलाई तीन हजार एक सय ८३ मतान्तरले हराएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १९ हजार चार सय एक मत ल्याए। निवर्तमान सांसद एमालेका ताराकान्त चौधरीले ११ हजार एक सय ८८ मतमा चित्त बुझाए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.