ओलीको निर्वाचन क्षेत्र : मतान्तर २० हजार, गन्न बाँकी पनि २० हजार
विर्तामोड : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भने जित निश्चित भएको छ। झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष ओलीको मत गणना सम्पन्न हुनु अगावै जित निश्चित देखिएको हो।
१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो । जसमा ७० हजार २ सय ९ मत गणना भइसक्दा ओलीले ४१ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २० हजार ८ सय ३८ मत प्राप्त गरेका छन्।
करिब २० हजार मत मात्र गणना गर्न बाँकी रहेको बेला २० हजार ८ सय ५७ मतान्तर भइसकेकोले एमाले अध्यक्ष ओलीको जित निश्चित भएको हो।