कपिलवस्तु २ मा वामगठबन्धनका गुप्ता विजयी
तौलिहवा: कपिलवस्तुको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का बृजेश कुमार गुप्ता विजयी भएका छन्। गुप्ताले कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गरेका हुन्।
गुप्ताले ३५ हजार १ सय ४७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय ६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिए।
कुल ७५ हजार ९ सय ८९ खसेको मतमध्ये ७१ हजार ९ सय १४ मत सदर भएको थियो भने निर्वाचनको संघारमा राजपा नेपाल छाडेर स्वतन्त्र समूह बनाई एमालेको सूर्य चिन्हबाट चुनाव लडेका गुप्ताको विजयीसंगै जिल्लामा बामगठबन्धनले खाता खोलेको छ।