झापाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारको दबदबा, विश्वप्रकाश र सिटौला कमजोर

झापाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारको दबदबा, विश्वप्रकाश र सिटौला कमजोर

विर्तामोड : झापाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले आफ्नो बलियो उपस्थिति सावित गर्दै लगेका छन् । शनिबार राति भएको निर्वाचन क्षेत्र नं ४ को अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार एलपी साँवा भारी मतले विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई पराजित गरेका छन्।

त्यसका अतिरिक्त क्षेत्र नं १ मा पनि माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनले अहिलेसम्म ३२ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ३० हजार २ सय ५४ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुआतदेखिनै अग्रता लिएका कार्कीले शर्मालाई अग्रता तोड्न दिएका छैनन् । मतगणनाको उत्तरार्धतिर आइपुग्न लाग्दा मतान्तर फराकिलो हुँदै गइरहेको छ ।

निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लगभग पराजित हुने निश्चित भएको छ । उनका प्रतिस्पर्धी वाम गठबन्धन समर्थित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन निकै मतको अन्तरले अगाडि छन् । १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेको झापा ३ मा ८२ हजार ९ सय २४ मत खसेको थियो ।

६२ हजार ५ सय ३८ मत गणना भइसक्दा राप्रपाका राजेन्द्र लिङदेनले ३३ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् भने कांग्रेस नेता सिटौलाले २३ हजार ४ सय ९ मात्र मत प्राप्त गरेका छन् । अब २० हजार मत मात्र गणना गर्न बाँकी रहँदा सिटौला १० हजारभन्दा बढी मतान्तरले पछि परेकाले उनी पराजित हुने निश्चित भएको हो ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.