पाल्पा २ मा वाम गठवन्धन विजयी

पाल्पा २ मा वाम गठवन्धन विजयी

पाल्पा : पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधीसभा र दुवै प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभा क्षेत्र न २ मा वाम गठवन्धनको तर्फबाट नेकपा एमालेका सोमप्रसाद पाण्डेले ३४ हजार ८ सय ९९ मत प्राप्त गरी विजयी भएका छन्। पाण्डेका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हरिप्रसाद नेपाल २५ हजा ५ सय ५४ मत प्राप्त गरी पराजित भए। विजेता पाण्डेले नेपाली कांग्रेसका नेपाललाई १०३४५ मतले पराजित गरेका हुन्।

यसैगरी पाल्पा क्षेत्र नम्‍बर २ प्रदेशसभा क मा नेकपा एमालेका डा. पुरनमान बज्राचार्य विजयी भएका छन्। एमालेका बज्राचार्यले नेपाली कांग्रेसका माधवप्रसाद नेपाल ४ हजार ५ सय ७२ मतले पराजित गरेका छन्। विजेता बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेपालले १३ हजार ४ सय ७० मत पाएका छन्।

यसैगरी पाल्पा क्षेत्र नम्बर २ ख मा वाम गठवन्धनतर्फका नेकपा माओवादी केन्द्रका तुलाराम घर्तिमगर विजयी भएका छन्। घर्तिमगरले नेपाली कांग्रेसका रामबहादुर कार्कीलाई ४ हजार ९ सय २६ मतले पराजित गरेका छन्। विजेता घर्तिमगरले १६ हजार ४ सय २२ मत पाएका छन् भने कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका छन्।

पाल्पामा २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीले १ निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो भने २०४८ सालमा नेपाली कांग्रेसले ३ वटै निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो भने २०५१ सालको मध्यवती निर्वाचनमा ३ वटै क्षेत्रमा नेकपा एमालले जित हाँसिल गरेको थियो भने २०५६ सालको निर्वाचनमा ३ वटै क्षेत्रमा नेकपा एमाले , २०६४ सालको संविधानसभा निर्वाचन २ मा एमाले र १ मा माओवादी र २०७० सालको निर्वाचनमा २ क्षेत्रमा एमाले र १ क्षेत्रमा नेपाली कांग्रेसले जित हाँसिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.