डा. अजयक्रान्ति शाक्य प्रदेशसभामा निर्वाचित

डा. अजयक्रान्ति शाक्य प्रदेशसभामा निर्वाचित

काठमाडौँ : बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डा अजयक्रान्ति शाक्य प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले ९ हजार ५३१ मत ल्याइ विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी इन्द्रमान तुलाधारले ७ हजार १९३ मत ल्याए।

वामगठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता शाक्यले भारी मतले विजय हाशिल गरेका हुन्। १५ वर्षदेखि निरन्तर राजनीतिमा होमिएका शाक्य अबको मुद्वा आर्थिक संमृद्विको आधार भएको बताउँछन्।

काठमाडौको लगन टोलमा जन्मिएका शाक्य यहाँका क्षेत्र नम्बर ९ का स्थानीय वासिन्दासँग भिजेका छन्। ४८ वर्षका डाक्टर शाक्यले विद्यालय तहको अध्ययन घर नजिकैको विश्व निकेतन माध्यामिक विद्यालयबाट पूरा गरे। उनी १३ वर्षको कलिलो उमेरमै ‘चेस च्याम्पियन' बनेका थिए। १३ वर्षको उमेरमै चेसको राष्ट्रिय खेलाडी बनेर दर्जनौँ पुरस्कार जित्न सफल डाक्टर शाक्य १५ वर्षको उमेरमा चेसको राष्ट्रिय ‘कोचर' समेत बने।

दुई वर्ष कोचरका रुपमा काम गरेका डाक्टर शाक्यलाई १३ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिको रंग चढेको थियो। ‘१३ वर्षको उमेरमै म चेसको राष्ट्रिय खेलाडी बनेको थिएँ,' डाक्टर शाक्यले भने,‘त्यसैबेला रसियन राजदूतसँग चेस खेल्न दूतावास जान्थेँ। त्यहाँको कम्युनिष्ट वातावरणले मलाई पत्तै नपाई कम्युनिष्ट बनाएछ।'

डाक्टर शाक्यले अक्टोवर क्रान्ति, विश्वको श्रमिक आन्दोलन आदिका बारेमा पनि दुतावास आवत-जावतकै बेलामा बुझ्ने अवसर प्राप्त गरेका हुन्।

जब डाक्टर शाक्यले विसं २०४० सालमा एसएलसी पास गरे त्यसपछि भने डाक्टर शाक्य संगीतमा होमिए। भर्खर एसएलसी पास गरेका डाक्टर शाक्यको त्यसैबेला टोलटोलमा हुने सांगितिक कार्यक्रममा माग हुन्थ्यो। ड्रमसेट, कंङगोलगायतका बाजाप्रति बढी रुचि राख्ने शाक्यलाई कम्युनिष्ट बन्न त्यो सांगीतिक माहोलले पनि थप ऊर्जा प्रदान गरेको थियो। भर्खर देशमा बहुदल आएको थियो। पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था प्राप्तिका कम्युनिष्टप्रतिको झुकावलाई बढाएर अग्रपंक्तीमा होमिएका थिए।

संगीतका क्षेत्रमा पनि पाइला अघि बढाउँदै गरेका डाक्टर शाक्यले संगीत दिएका पप- एल्वम ‘प्रेम स्पर्स' २०४८ सालमा बजारमा आयो। त्यसपछि नेपालका ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले गाएको नेवारी गित ‘छन्त एके धुङ्का' मा पनि दिएको संगीतले त तहल्का नै मच्चाउन सफलता प्राप्त गरेको थियो। डाक्टर शाक्यका एकल संगीतका चार वटा एल्वम बजारमा आएपछि शाक्य संगीतको क्षेत्रमा पनि अत्यन्त चर्चित बन्न पुगे। ‘व्यक्ति एक आयम अनेक' भने जस्तै डाक्टर शाक्यले जे-जेमा हात हाले त्यसमा सफलता प्राप्त गर्दै गए।

उसु र मार्सलआर्टको खेलाडी समेत रहेका डाक्टर शाक्यले विसं २०४६ सालदेखि नै लेखन यात्रालाई पनि अघि बढाए। धर्म-संस्कृतिका विषयमा बढी कलम चलाउने शाक्यले ‘द शाक्यज्', ‘मृत्यु संस्कार', ‘दशकर्म संस्कार' जस्ता पुस्तक लेखेका छन्।

विसं २०४६ सालको आन्दोलनसँगै राजनीतिमा बढी सक्रिय बनेका डाक्टर शाक्यले पार्टीका विभिन्न कमिटीमा बसेर काम गरे। जनसाँस्कृतिक मञ्चको केन्द्रीय सदस्य एक कार्यकाल र केन्द्रीय कोषाध्यक्षका रुपमा दुई कार्यकाल बिताएका डाक्टर शाक्यले जिफण्टमा योजना आयोगको सदस्यका रुपमा दुई कार्यकाल काम गरे। जिफण्टमै विदेश विभागमा रहेर एक कार्यकाल काम गरेका डाक्टर शाक्यले उपत्यका समन्वय समितिको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।

संविधान जारी भएपछि बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीको कार्यालयमा विज्ञान प्रविधि सामाजिक साँस्कृतिक विकास सल्लाहकारका रुपमा काम गरेका डाक्टर शाक्यले वुद्धिज्म्मा विद्यावारिधि गरेका छन्। उनले भूगर्भ र भौतिक शास्त्र, अर्थशास्त्र, सामाजिकशास्त्र र संगीतमा स्नातकका साथै तीन वटा विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.