धनकुटामा वामगठवन्धन विजयी

धनकुटामा वामगठवन्धन विजयी

धनकुटा :  वाम गठवन्धनले धनकुटाको प्रतिनिधि तथा प्रदेशसभामा जित हासिल गरेको छ। १ प्रतिनिधिसभा र प्रदेशसभा तर्फका दुई सिटमा विजय हासिल गरेको हो। धनकुटामा प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्र राइ विजयी भए। उनले राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई १० हजार ४ सय ५९ मत अन्तर ले पराजित गरे। बिजयी राईले कुन ३७३३३ मत प्राप्त गरे भने थापाले २६८७४ मत प्राप्त गरे।

त्यस्तै धनकुटा प्रदेश सभा ‘क’ तर्फ वामगठवन्धनका निरन राई विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन्। विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरे।

धनकुटा प्रदेश सभा ‘ख' तर्फ वामगठवन्धनका इन्द्रमणि पराजुली विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका अर्जुन थापालाई १२ हजार ४ सय २१ मतान्तरले पराजित गर्दै पराजुली विजयी भएका हुन्। विजयी पराजुलीले २० हजार ६ सय ५२ मत र थापाले ८ हजार २ सय ३१ मत प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.