कांग्रेसका चौधरी दाङ ३ (क) बाट २३ सय मतले विजयी
दाङ : दाङ निर्वाचन क्षेत्र नम्बर ३ क मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। चौधरीले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जगप्रसाद शर्मालाई पराजित गर्दै परिणाम आफनो पक्षमा पारेका छन्। दाङ वाममय हँुदा चौधरी एक्लैले भारी मतान्तरले शर्मालाई हराएका छन्। चौधरीले २३ सय ७६ मतले जितेका हुन्।
कांग्रेसका चौधरीको पक्षमा १७ हजार ३६ मत प्राप्त भएको थियो भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार जगप्रसाद शर्माले १४ हजार ७ सय मत प्राप्त गरेका छन्। २०४८ सालदेखि सामाजिक आन्दोलनबाट समाजमा स्थापित भएका चौैधरी २०५८ मा नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका थिए। दाङको तुलसीपुरमा जन्मिएका चौधरी जिल्लाका विकासप्रेमी नेताको रुपमा चिनिदँ आएका छन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीकै उम्मेदवारसँंग पराजित चौधरी २०७० सालको संविधानसभाको निर्वाचनबाट संसदमा पुगेका थिए। चौधरी वर्तमान श्रम तथा रोजगार राज्यमन्त्री हुन्। कांग्रेसको गढमा वामले जितेका बेला चौधरी कांग्रेसबाट एक्लो बृहस्पति बनेर देखिएका छन्।