बारामा फोरमका यादव १२ हजार मतले विजयी
बारा : बारा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यादव १२ हजार ४ सय ५ मतको फराकिलो मतान्तरले विजयी भएका हुन्।
यादवले २८ हजार एक सय ८५ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ९१ मत प्राप्त गरे । तेस्रो स्थानमा वम गठबन्धनका शिवचन्द्र कुशवाहाले १० हजार ६ सय ४६ मत प्राप्त गरेका छन् ।
पराजित यादव र कुशवाहा दुबव पूर्व सभासद हुन् ।यादव २०७० र कुशवाहा २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।