कञ्चनपुरमा वाम गठबन्धनको अग्रता, प्रतिनिधिसभा ३ मा कडा प्रतिस्पर्धा

कञ्चनपुरमा वाम गठबन्धनको अग्रता, प्रतिनिधिसभा ३ मा कडा प्रतिस्पर्धा

महेन्द्रनगर : प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ वटा प्रदेश रहेका कञ्चनपुरमा वाम गठबन्धनले अग्रता कायमै राखेको छ। मतगणना सुरु भएदेखि कञ्चनपुरमा वाम गठबन्धनले अग्रता लिएको हो।

प्रतिनिधिसभा १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी विना मगर आफ्ना प्रतिस्पर्धीभन्दा ७ हजार बढी मतले अघि छन्। २६ हजार ६ सय ४५ सदरमत गन्दा उनले १६ हजार ४ सय ५४ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्ट ९ हजार ८८ मत पाएका छन्। प्रदेशसभातर्फको १ मा वाम गठबन्धनका उम्मेदवार तारालामा तामाङ्ग १६ हजार ४ सय ४ मत ल्याएर अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी कांग्रेसका गोपाल गुरुङ्ग ७ हजार ५ सय ४८ मत ल्याएका छन्।

त्यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनकै कुलवीर चौधरी ६ हजार ६ सय ५५ मत सहित अग्रता लिइरहेका छन्। कांग्रेसका रामलाल राना ४ हजार ६ सय ८३ मत ल्याएका छन्। प्रतिनिधिसभा २ मा वाम गठबन्धनका नरबहादुर धामी १७ हजार ९ सय ३७ मतका साथ अघि छन्। उनका प्रतिस्पर्धी कांग्रेस नेता एनपी साउँदले १४ हजार २ सय ३२ मत पाएका छन्। यस्तै प्रदेशसभा १ मा वाम गठबन्धनका महेशदत्त जोशीले १२ हजार १ सय १३ मत ल्याएका छन्। भने कांग्रेसका पुष्कर ओझाले ८ हजार १ सय २५ मत प्राप्त गरेका छन्।

प्रदेशसभा २ मा वाम गठबन्धनकै लालबहादुर खड्काले ११ हजार ८ सय ९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बहादुरसिंह थापाले ८ हजार ७८ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभा ३ मा भने वाम गठबन्धन र कांग्रेसका उम्मेदवारको कडा प्रतिस्पर्धा रहेको छ। वाम गठबन्धनका दिपकप्रकाश भट्टले अहिलेसम्म १४ हजार ५० मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका रमेश लेखक १३ हजार ७ सय ९३ मत ल्याएका छन्।

प्रदेश सभा १ मा वाम गठबन्धनका प्रकाश रावलले ३ हजार २ सय ८४ मत सहित अग्रस्थानमा छन्। कांग्रेसका यज्ञराज जोशीले ३ हजार ३० मत ल्याएका छन्। प्रदेशसभा २ मा वाम गठबन्धनका मानबहादुर सुनारले ६ हजार २ सय ३२ मत ल्याएका छन् भने कांग्रेसका बेलबहादुर रानाले ५ हजार ५ सय ७२ मत ल्याएका छन्। कञ्चनपुरका प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ मा वाम गठबन्धन अग्रस्थानमा छ। सोमबारसम्म सबै क्षेत्रको मतगणना सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.