बारा क्षेत्र नम्बर २ प्रदेशभा (क)मा समाजवादी फोरम निर्वाचित
बारा : संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शारदा शंकर कलवार बारा क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्
नेपाली कांग्रेसका प्रतिस्पर्धी रामप्रवेश यादव भन्दा दोब्बर मत बढी ल्याएर कलवार निर्वाचित भएका हुन्।
कलवारले १६ हजार ६ सय ७१ मत प्राप्त गरे।
कांग्रेसका उम्मेदवार यादवले आठ हजार एक सय मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार गणेशप्रसाद साहले चार हजार दुई सय ७९ मत प्राप्त गरेका छन्।