गुल्मीका सबै क्षेत्रमा वाम गठवन्धन विजयी

गुल्मीका सबै क्षेत्रमा वाम गठवन्धन विजयी

गुल्मी : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका सबै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्र्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका पार्टी सचिव प्रदीप ज्ञवाली प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र भण्डारीलाई पछिपार्दै विजयी भएका हुन्। ज्ञवालीले ३७ हजार ५ सय ५५ र भण्डारीले २९ हजार ४ सय ५० मत ल्याएका छन्। चुनावी प्रतिस्पर्धामा उभिएका दुवै नेताको राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव मानिन्छ। २०६४ सालको संविधानसा निर्वाचनमा विजयी भएका ज्ञवाली २०७० मा पराजय भएका थिए। त्यसबेला भण्डारी विजयी भए। दुवै नेता जिल्लामा आलोपालो विजयी हुँदै आएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट वाम गठवन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र केसीलाई भारी मतले पछिपार्दै विजयी भएका हुन्। विष्टले ३४ हजार ६ सय १८ र केसीले २० हजार १ सय ५७ मत लिएका छन्। विष्ट २०७० सालको संविधानसभा निर्वाचनमा समेत यसै क्षेत्रबाट विजयी भएका थिए। जिल्लाको विकास निर्माणमा सधैँ चिन्ता र चासो राखी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आम मतदाताले उनलाई रोज्ने गरेको पाइएको छ। मतदाताका अनुसार आफ्नो क्षेत्रमा उनी लोकप्रिय मानिन्छन्।

प्रदेशसभा सदस्यमा समेत वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १(क)मा एमालेका खड्गबहादुर खत्री (ख) मा माओवादी केन्द्रका दिनेश पन्थी विजयी भएका छन्। क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका सुदर्शन बराल र (ख) मा एमालेका कमल श्रेष्ठ विजयी भए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.