प्रत्यक्षतर्फ १०० सिटको नतिजा सार्वजनिक, दलीय अग्रतासहित पूर्ण विवरण

प्रत्यक्षतर्फ १०० सिटको नतिजा सार्वजनिक, दलीय अग्रतासहित पूर्ण विवरण

काठडमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ मध्ये १०० सिटको नतिजा सार्वजनिक भएको छ। ६३ निर्वाचन क्षेत्रमा अहिले मत गणना जारी छ। स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा भने दलीय विवादका कारण मतगणना सुरु हुन सकेको छैन।

आइतबार २ः३० बजे सम्म अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजाअनुसार प्रतिनिधिसभामा ५६ सिट जितेर एमाले एक नम्बरमा छ। एमालेसँग गठबन्धन बनाएको नेकपा माओवादी केन्द्र २२ सिटसहित दोस्रो स्थानमा छ। यस्तै नेपाली कांग्रेस १२ सिट जितेर तेस्रो स्थानमा छ। संघीय समाजवादी फोरम र राजपाले क्रमशः ४ र ३ सिट जितेका छन्। नयाँ शक्ति नेपालले एक सिट जितेको छ। भने एक स्थानमा स्वतन्त्र उम्मेदवार िवजयी भएका छन्।

गणना भइरहेका ६३ क्षेत्रमध्ये एमालेले २३ सिट, माओवादी केन्द्रले १२ सिट र कांग्रेसले १२ सिटमा अग्रता कायम गरेका छन्। यस्तै संघीय समाजवादी फोरम र राजपा क्रमशः ६ र ७ सिटमा अगाडि छन्। राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपा १/१ सिटमा अगाडि छन्।

एमालेले जितेका क्षेत्र | अग्रता

माओवादी केन्द्रले जितेका क्षेत्र | अग्रता

कांग्रेसले जितेका क्षेत्र | अग्रता

संघीय समाजवादीले जितेका क्षेत्र |अग्रता

राजपाले जितेका क्षेत्र | अग्रता


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.