जाजारकोटमा दोहोर्‍याएर जित्‍ने शक्ति बस्नेत पहिलो

जाजारकोटमा दोहोर्‍याएर जित्‍ने शक्ति बस्नेत पहिलो

जाजरकोट : जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले चुनाव दोहर्‍याएर जित्ने नेताको रुपमा इतिहास ब्रेक गरेका छन्। २०१५ साल देखि भएका विभिन्न संसदीय चुनावमा हालसम्म कुनै पनि नेता दोहोरिएर चुनाव जितेका थिएनन्। तर बस्नेतले जाजरकोटमा चुनाव दोहर्‍याएर जित्ने नेताको रुपमा इतिहास रचेका छन्।

२०७० सालमा भएको संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट जितेका उनले गत १० मंसिरमा भएको प्रतिनिनिसभाको चुनावमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएर पुनः चुनाव जित्ने नेताको रुपमा स्थापित भएका छन्।

६ कक्षामा पढ्दा पढ्दै अनेरास्ववियुको सदस्यता लिएर राजनैतिक जीवनको शुरुआत गरेका बस्नेत २०४७ सालमा नेकपा मसालको जिल्ला सदस्य र २०४९ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भएका थिए। २०४७ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पहिलो स्ववियु सभापति भएका उनी २०५१ सालमा नेकपा माओवादी पार्टीको पश्चिमाञ्चल क्षेत्रीय व्युरो सदस्य भएका थिए।

२०५५ मा नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५९ सालमा पोलिट व्युरो सदस्य र २०७० देखि स्थायी समिति सदस्य छन्। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएका बस्नेत पहिलो संविधानसभामा न त चुनाव लडे न समानुपातिकबाट सांसद बन्ने रुचि नै राखे। त्यतिबेला जिल्लामा अरु नेताहरुलाई अवसर दिन आफु बाहिरै बसेको बस्नेत बताउँछन्।

२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पार्टीका अवस्था निकै कमजोर भएपछि सबैले उनलाई नै माग गरे। पार्टीको अवस्था तेस्रो हुँदा पनि व्यक्तिगत प्रभावले उनले चुनाव जितेर देखाइदिए। तर यसपटक वाम गठबन्धन नभएको भए उनलाई नेपाली कांग्रेसका राजिव विक्रम शाहको सामना गर्न निकै सकस हुने अवस्था थियो। वामगठबन्धन भएपनि नेपाली कांग्रेसका राजिव विक्रम शाहले बस्नेतलाई कडा टक्कर दिने ठानिएको थियो।

पुख्यौली थलो जाजरकोट भएका राजिव २०६६ सालमा जाजरकोटमा महामारीको रुपमा फैलिएको झाडापखालको बेला निजी खर्चमा हेलिकोप्टरबाट चिकित्सक र औषधी ढुवानी गरेर प्रभावितहरुलाई सेवा गरेकाले जिल्लामा निकै लोकप्रिय छन्। त्यसपछि पनि विभिन्न समयमा भएका दुर्घटना र अन्य समस्यामा सधै साथ दिने राजिवलाई पराजित गर्न शक्तिलाई ठुलै शक्ति खर्च गर्नु परेको थियो।

शाहले आफु पराजित भएपनि पुख्यौली थलोको विकास र संमृद्विमा सधै सर्मपित हुने बताए। ‘जाजरकोट मेरो बाजेको जन्म थलो हो। म, पद, प्रतिष्ठा र सम्पति भन्दा पुख्यौली ठाँउको गरिबी अभाव, अविकासले मेरो मन छोएर बेलायतको सुखसयलको जीन्दगी छोडेर केही सेवा गरौ भनेर यहाँ आउको हुँ। मैले हारेपनि जाजरकोटवासीको सेवामा निरन्तर खटिरहनेछु 'उनले भने।

आम सर्वसाधारणको माया र एमालेका मत प्रभावित पारेर चुनाव जित्ने योजना बनाएका राजिब आठ हजार ९ सय ९२ मतान्तरले पराजित भएका छन्। वामगठबन्धनका साझा उम्मेदवार शक्तिले मतगणना हुने बित्तिकै शुरुआती अग्रता लिएका थिए। ६० हजार ८ सय ९७ मत खसेको जाजरकोटमा शक्तिले ३२ हजार दुई सय ८१ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी राजिवले २३ हजार दुई सय ८९ मत ल्याएका छन्। स्थानीय तहमा वामगठबन्धनको करीव ३७ हजार मत थियो भने कांग्रेसको १९ हजार मत मात्र थियो।

१८ हजारको मतान्तर रहेको जाजरकोटमा यसपालि वामगठबन्धनको मत घटेको र कांग्रेसले बढाएको देखिन्छ।
२०१५ सालदेखि २०७० सालसम्म कोही पनि सांसद नदोहोरिएको जाजरकोटमा सांसद दोहिरिने बस्नेत पहिलो व्यक्ति हुन्। संविधान निर्माण र वामगठवन्धन निर्माणमा माओवादी केन्द्रलाई तयार पार्नका लागि निकै महत्वपुर्ण र सक्रिय भुमिका खेलेका बस्नेतले अबको आफनो पहिलो प्राथमिकता संविधान कार्यान्वयन हुने बताएका छन्। उनी माओवादीको तर्फबाट संविधानको मस्यौदा समितिको सदस्यमा रहेका कार्य गरेका थिए।

संविधान बनाउन पार्टीको तर्फबाट भूमिका निर्वाह गरेका बस्नेत संविधानको कार्यान्वयन र सिंहदरवारलाई गाउँमा ल्याउन आफुले दृढताका साथ लाग्ने बताए। संविधानले जनतालाई दिएका अधिकारको अनुभूति गराउने काममा आफू दत्तचित्त भएर लाग्ने बस्नेतले बताए।

जाजरकोटमा सवै सिट बाम गठबन्धनले जितेको छ। नेपाली कांग्रेस जाजरकोटमा शुन्य भएको छ। प्रतिनिधि सभामा शक्ति बस्नेतले जितेका जाजरकोटका प्रदेशसभामा पनि वाम गठवन्धनकै उम्मेदवारहरु निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार प्रदेश क मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार ९ सय ११ मत ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वेदराज सिंहले १२ हजार ८ सय ७८ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेश ख मा एमालेका करवीर शाही १५ हजार एक सय ८५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दिपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरेका छन्। प्रदेशसभामा निर्वाचित सिंह र शाहीले पनि आफूहरुको पहिलो लक्ष्य समृद्ध जाजरकोट निर्माण रहेको बताएका छन्। वामगठबन्धनबाट प्रदेशमा विजयी भएका दुवै जना पार्टी प्रमुख हुन्। सिंह माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन भने शाही एमालेका जिल्ला अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.